प्याब्सन धादिङका अध्यक्ष बुढाथोकीलाई अवार्ड प्रदान

Avatar photo
Dhadingpost
फाल्गुन २८, २०७५

धादिङ फागुन २८ । निजी तथा आवासिय विद्यालय अर्गनाइजेसन (प्याब्सन) को १४ औं केन्द्रीय महाधिवेशनकाे उद्घाटन समाराेहमा धादिङका गाेबिन्द बुढाथोकीलाई प्रेेसिडेन्ट अवार्ड प्रदान गरिएकाे छ ।

प्याब्सन धादिङका अध्यक्ष एवम् धादिङबेसि स्थित एड्भान्स एकेडेमीका प्रिन्सिपल गाेबिन्द बुढाथोकीलाई प्याब्सन केन्द्रले कार्यक्रमका प्रमुख अतिथि एवम् सभामुख कृष्णबहादुर महराकाे हातबाट प्रेेसिडेन्ट अवार्ड प्रदान गरेकाे हाे ।

निजी तथा आवासिय विद्यालय अर्गनाइजेसन (प्याब्सन) को १४ औं केन्द्रीय महाधिवेशन आज र भाेलि चल्ने छ । अधिवेशनमा उपाध्यक्षकाे पदमा धादिङका शान्त बिक्रम बानियाँले समेत उम्मेदवारी दिएका छन् ।