
धादिङ फागुन २७ । गजुरी गाउँपालिका वडा नं. ५, धादिङ बस्ने कल्पना चेपाङको अहिले परिचय सगै पेसा पनि फेरीएको छ ।
बिपन्न परिवारकी कल्पना आफ्नो थोरै जग्गामा सामान्य तरकारी खेति गरेर ४ जनाको परिवार पाल्दै आएकी ४१ बर्षिय कल्पना दक्ष मिस्त्री बने सँगै अहिले उनकाे दैनिकि फेरीएको हाे ।
बिहान दस बज्न थाल्छ पहिलो कलरको ज्याकेट,टाउकोमा हेल्मेट मुखमा माक्स लगाएर हातमा ईन्ची टेप,रुसा कर्नी लिएर घरबाट बाहिरिन्छिन् ।
घर नजिकै अर्को घरमा छ च्याङ्लि खानेपानी तथा सरसफाई आयोजनाको कार्यलय त्यहि कार्यलयको एक कुनामा राखिएको छ दैनिकि कार्ययोजना त्यस कार्ययोजना हेरेपछि कल्पना कसैको घरको धारा निमार्ण गर्ने पुग्छिन् र अहिले सम्म करिब ८० भन्दा धेरै धारा पनि निमार्ण गरी सकेकिछिन् ।
२०७२ बैशाखको भुकम्पले उनको घर पनि छोडेन,
जाजरकोट,रुकमका कामदार लगाएर घर निमार्ण गरेकी कल्पना संग २ महिना अधि सम्म न उनि सगं यो किसमको ज्ञान थियो न सिप, अक्सफार्म, प्रयास नेपाल र गजुरी गाउपालिकाको साझेदारीमा संन्चालित पुर्णिमा परियोजना अन्तगत सन्चालन भएको चार दिने ग्रामीण मर्मत सम्भार कार्यकर्ता तालिम नै उनको जिबन बदल्ने सारथि बनेको हो ।
उक्त तालिम च्याङ्लि खानेपानी तथा सरसफाइ आयोजना उनि पनि सहभागी हुने अबसर पायपछि अहिले आफनै गाउको खानेपानी आयोजनामा दक्ष मिस्त्री राम्रो कमाई पनि आर्जन भएको कल्पना चेपाङ बताउछिन् ।
अबसरको खोजि गर्नु भन्दा आएको अबसरलाई बेलामा चिन्न सके जिबन बदल्न सकिले कुरामा ढुक्क भएकि कल्पना, खुसीहुदै खानेपानी जस्तो महन्वपूर्ण अबसर पाएको सबै सरोकार वालाहरुलाई धन्यबाद दिदै निरन्तर यहि पेसा अपनाउने बताउछिन् ।
