प्याब्सनकाे उपाध्यक्षमा धादिङका बानियाँकाे उम्मेदवारी

Avatar photo
Dhadingpost
फाल्गुन २७, २०७५

धादिङ फागुन २७ । निजी तथा आवासिय विद्यालय अर्गनाइजेसन (प्याब्सन) को १४ औं केन्द्रीय महाधिवेशन आगामी फागुन २८ र २९ गते काठमाडौंमा हुदैछ ।

गत १३ औं महादिवेशनमा झिनाे मतले अध्यक्षमा पराजित भएका टिकाराम पुरी यसपटक पनि अध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन् । उनै पुरीकाे प्यानलबाट उपाध्यक्ष पदका लागि धादिङका शान्त बिक्रम बानियाँले उम्मेदवारी दिएका छन् ।

व्यवसायीक पेशागत समुह भनिएकाे पुरीकाे प्यानलमा प्रदेश नं.३ बाट प्रतिनीधीत्व गर्दै बानियाँले उपाध्यक्षमा उम्मेदवारी दिएका हुन् ।

शसस्त्र माओवादी जनयुद्ध चर्किएको वेलामा देशभरका नीजि विद्यालय बन्द भैरहँदा धादिङमा भने सन्तुलन कायम गरि नीजि विद्यालय चलाउन सफल भएका बानियाँलाई देशभरबाट आएका अधिवेशन प्रतिनीधिहरुले चिन्ने नाम भएकाे र गत अधिवेशनमा समेत उपाध्यक्षमा विजयी भएका कारण यस पटक पनि उनी विजयी उन्मुख उम्मेदवारकाे रुपमा हेरीएकाे छ ।