नियमित सिर्जना डबलीमा राजेन्द्रप्रताप शाह

Avatar photo
Dhadingpost
फाल्गुन २५, २०७५

धादिङ फागुन २५ । धादिङ जिल्लामा रहेर साहित्य, सङ्गीत, कला र संस्कृति संरक्षणको क्षेत्रमा काम गर्दै आएको धादिङ सिर्जना प्रतिष्ठानले सिर्जना डबली कार्यक्रम सम्पन्न गरेको छ ।

हरेक महिनाको अन्तिम शनिबार गर्दै आएको सिर्जना डबली कार्यक्रम यो महिनाको अन्तिम शनिबार आज आयोजना गरेको हो ।

अघिल्लो पुस्ताको योगदान तथा सम्पदालाई उच्च कदर गर्दै वर्तमानका सर्जक, स्रष्टाहरूका असीमित क्षमतालाई समेत समाहित गरी नव सर्जकहरूको प्रतिभा उजागर गर्न अन्तिम शनिबार यस्तो कार्यक्रम गर्न थालिएको सिर्जना प्रतिष्ठान धादिङका अध्यक्ष प्रकाश पौडेलले बताए ।

सबै विषयको ज्ञान, धादिङ सिर्जना प्रतिष्ठानको अभियान मुल ध्येयका आज भएको सिर्जना डबलीमा शिक्षा, स्वास्थ्य, वातावरण, राजनीति, संस्कृति, प्रकृति, इतिहास, सिर्जना, समीक्षा जस्ता सवालहरूमा छलफलभएको समेत अध्यक्ष पौडेलले धादिङपोष्टलाई बताए ।

पौडेलका अनुसार आज भएको सिर्जना डबलीमा वरिष्ठ पत्रकार तथा सामाजिक अगुवा राजेन्द्रप्रताप शाहसँग अन्तरक्रिय गरिएको थियो, सहभागीबाट शाहका जीवनका राजनीति, पत्रकारिता, सामाजिक अभियान, साहित्यिक गतिविधि, विकास निर्माण सबै क्षेत्र बारेमा जिज्ञासा राखिएको थियो भने गजल, मुक्तक र गीत समेत प्रस्तुत गरिएको थियो ।