धादिङ पर्यटन तथा औद्योगिक मेला, फागुन २० गते आउने कलाकारहरु

Avatar photo
Dhadingpost
फाल्गुन १९, २०७५

धादिङ फागुन १९। धादिङबेसीमा पर्यटकको स्वागत सत्कार हाम्रो शान, पर्यटन प्रवद्र्धन र विकास हाम्रो अभियान, भन्ने मुल नाराको साथ फागुन १७ गतेबाट सुरुभएको धादिङ पर्यटन तथा औद्योगिक मेलाको चौथो दिन ( फागुन २० गते) को दिन धादिङबेसीमा ख्याती प्राप्त कलाकारहरु आउने भएका छन् ।

नेपाली लोक गायन क्षेत्रको धरोहरका रुपमा स्थापित पुस्कल शर्मा, सेक्सी मोडल तथा गायीकाको रुपमा हेरिने कलाकार ज्योती थापामगर, नेपाली हास्य व्यङ्ग्य क्षेत्रका प्रतिष्ठित मनोज गजुरेल, लोक गायक राज कुमार बानिया, लोक गायिका सीता लामा लगायत आउने भएका हुन् ।

तेस्रो दिन आज लोक गायनमा आफ्नो छुट्टै पहिचान बनाएका प्रकाश सपुत, कला लम्साल, बल बहादुर गुरुङ, आरम्भ तामाङ लगायतले मनोरञ्जन दिएका थिए ।