बेनिघाट रोराङमा ह्वासिन सिमेन्ट कारखानाको सिलन्यास

Avatar photo
Dhadingpost
फाल्गुन १७, २०७५

सञ्जय देवकोटा
धादिङ, फागुन १७ ।
सम्वृद्ध नेपाल र सुखि नेपाली भन्ने नेपाल सरकारको नारालाई व्यवहारिक कार्यान्वयन गर्ने उद्देश्यले वेनिघाट रोराङ गाउँ पालिकाको ताल्तीमा ह्वासिन सिमेन्ट उद्योगको भवन सिलान्यास गरिएको छ ।

नेपाल सरकार संघीय सांसदका सभामुख कृष्ण बहादुर महराद्धारा सिलान्यास भएको उक्त सिमेन्ट कारखाना नेपालकै सबैभन्दा ठुलो र धेरै उत्पादन गर्ने सिमेन्ट कारखानाको रुपमा काम गर्नेछ ।

उद्योगपति सुरज वैध र ह्वासिन सिमेन्ट कम्पनीको सँयुक्त लगानि सञ्चालन हुने उद्योगको सिलन्यास कार्यक्रममा वेनिघाट रोराङ गाउँ पालिकाका अध्यक्ष पित्त बहादुर डल्लाकोटीको सभापतित्व तथा संघीय सांसदका सभामुख कृष्ण ब. महराको प्रमुख अतिथ्यता रहेको थियो ।

चीनको हुवेइ प्रान्तस्थित वुहान सहरमा केन्द्रिय कार्यलय रहेको हवासिन सिमेन्ट कम्पनिको स्थापना सन् १९०७ मा भएको हो । १ सय ५० कारखाना रहेको हवासिनको सिमेन्ट उत्पादन क्षमता १०० मिलियन टन भन्दा पनि बढि रहेको छ । कुल ५ अर्व अमेरिकी डलर पुँजि रहेको कम्पनिले २० हजार भन्दा बढिलाइ रोजगारि दिदैं आएको छ ।

विभिन्न राष्ट्रहरुमा ह्वासिन सिमेन्टको उधोगहरु निर्माण भएता पनि नेपालमा भने पहिलो पटक उद्योग सञ्चालनमा आउन लागेको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि महराले उद्योग सुरु गर्नु भन्दा पनि यसलाई संरक्षण र सम्र्वधन गर्दै निरन्तरता दिनु महत्वपूर्ण कुरा रहेको बताएका थिए ।

महराले छिमेकी राष्ट्रले बाटो देखाइदिने भएकाले आफ्नो काम हामी आफैले स्थानिय स्रोत र साधनको सहि प्रयोग गर्दै रोजगारीको अवसर र्सिजना गर्नुपर्ने बताएका थिए । उद्योग सञ्चालनमा आएपछि प्रत्यक्ष रुपमा ३०० जनाले र १००० भन्दा बढिले अप्रत्यक्ष रोजगारी पाउने आयोजकले बताएको छ ।