धादिङ पर्यटन तथा औद्योगिक मेलाको पहिलो दिन यी कलाकार आउँदै

Avatar photo
Dhadingpost
फाल्गुन १६, २०७५

धादिङबेसी फागुन १६ । धादिङबेसीमा फागुन १७ गते नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले उद्घाटन गर्ने मेलामा राष्ट्रिय स्तरका कलाकारहरुको बेजोड प्रस्तुती रहने भएको छ ।

फागुन १६ गते उद्घाटनको तयारी गरेको मेला आयोजक संस्था जिल्ला होटल संघ धादिङले हेलिकप्टर दुर्घटना नेपाल सरकारका मन्त्री सहित ७ जनाको मृत्यूले देशै शोक मग्न भएको अवस्थामा मेला एक दिन ढिलो उद्घाटन गर्न लागेको हो ।

देखि २६ सम्म चल्ने धादिङ पर्याटन तथा औद्योगिक मेलाको पहिलो दिन यी कलाकार आउँदै छन् ।

राधिका हमाल
लामो समय देखि गायनमा व्यास्त राधिका हमाल धेरैको मन मुटुमा बस्न सफल लोक गायिका हुन् । उनका थुप्रै लोक तथा दोहोरी गीत, रोइला, सालैजु, कौडा, देउडा लगायत तीजका गीतहरु सबै उतीकै चर्चित छन् । सर्वाधिक चर्चित गीत क्याम्पस पढन आउनी हो । यही गीतबाट लोकप्रियता बटुलेकी हमाललाई अहिलेकी ब्यस्त गायिकाको रुपमा लिन सकिन्छ ।

सरोज लामिछाने
लोकदोहोरी अझ भनौ काँठ क्षेत्रका बादसाहा गायकका रुपमा चिनिने सरोज लामिछाने, बदाम खाको सुन्तला छोडाको, सालको पात हे माया, माछी काहा छ, धानको बाला लसरि पसरी, सानुमाया हासेर बोल, बरको छायाको, जुरेली चरी, पसुपतिमा सुनैको गजुर गितमा चर्चा कमाएका कलाकार हुन् ।

विरेन्द्र गुरुङ
धादिङ जिल्लाको पहिलो आधुनिक गायक विरेन्द्र गुरुङ यतिबेला आधुनिक गायनमा व्यस्त छन् । नेत्रावती गाउँपालिका कटुञ्जेका गुरुङले पहिलो पटक २०५७ सालमा रेडियो नेपालबाट स्वर पास गरि आधुनीक गायनको यात्रा तय गरेका थिए । गायक तथा संगीतकार बिरेन्द्र गुरुङले हाल ज्यानै दिन्छु भन्ने पायो होला धेरै, मनपर्ने जस्तो हुदैन रैछ, माया गर्ने पनि पायो होला धेरै, माया लाग्ने जस्तो हुदैन रैछ,जस्ता गितहरु बजार ल्याएका छन् ।

सन्दिप स्याम्चेन तामाङ
साबिकको उत्तरी धादिङ अन्तरगत झार्लाङ, सेर्तुङ, तिप्लिङ र लापा गाविसहरुको नेतृत्व गर्दै तामाङ समुदायमा अत्यन्तै प्रचलित म्हेन्दोमाया गित बजारमा ल्याएर सफल गायक बनेका श्रस्टा र सर्जक सन्दिप स्याम्चेन तामाङको पछिल्लो शब्द संगीतमा रहेको तामाङ गित म्हेन्दोमाया म्हानेदोरा बजारमा आएको छ ।
२०४९ सालमा झार्लाङ स्थित लक्चो भन्ने गाउँ अनि झुपडीको घरमा आमा ठुली माया र बुबा तर्जाम स्याम्चेन तामाङ पहिलो सन्तानको रूपमा जन्म जन्मिएका उनका बुबा झार्लाङ गाबिस भरी कै पहिलो क्यासेट बजाउने रेकर्ड राखेका सन्दिपले पनि धादिङका यी चार साविकका गाबिसमा पहिलो तामाङ म्हेन्दोमाया गित निकालेर उत्तरी धादिङको पहिलो तामाङ गायकको रुपमा चिनाउदै निरन्तरता दिदै आएका छन् ।