
धादिङ फागुन १५ । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा धादिङ संगठन सुदृढ अभियान जारी रहेको जिल्ला सेक्रेटरी बुद्धले बताएका छन् ।
पछिल्लो कार्यक्रम फागुन १४ मा गंगाजमुना गाउँपालिकामा (विप्लव) नेतृत्वको नेकपाले संगठन सदृढ तथा राजनैतिक प्रशिक्षण सम्पन्न गरेको छ ।
उक्त कार्यक्रममा एमाले माओवादीको नेकपाका दर्जनौ कार्यकर्ता (विप्लव) नेतृत्वको नेकपामा प्रवेस गरेका थिए ।
हामी संगठन सुदृढ तथा प्रशिक्षण अभियानमा छौ, यहि अभियानमा दलालहरुले विभिन्न बहानामा हाम्रा कार्यकर्ताहरु धरपकड गरि रहेका छन् । हिजो दमनले जनयुद्ध कसरी उचाईमा पुगेको थियो जनयुद्धको भर्याङ चढेर सत्तामा पुगेका गृहमन्त्रीले भुलेको भन्दै हामी राजनीतिक शक्तिलाई दमनको नीति लिए जनताले कडा प्रतिरोध गर्ने दिन नजिकीसकेको बताएका थिए ।
