
धादिङ फागुन १५ । धादिङको बेनिघाट रोराङ गाउँपालिकाको वडा नं. २ ताल्तिमा चिनियाँ लगानीमा सिमेन्ट उद्योग सञ्चालनमा आउने भएको छ ।
चिनियाँ कम्पनी हुआसिनले १५ अर्बको लगानी गर्ने गरी ताल्तिमा सिमेन्ट उद्योग सञ्चालन आउने भएको हो ।
प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणको बेला नेपालमा १५ अर्बको लगानीमा सिमेन्ट उद्योग सञ्चालनमा ल्याउने सहमती भएको थियो ।
सिमेन्ट उद्योगको आगामी फागुन १७ गते प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले शिलान्यास गर्ने छन् ।
दैनिक ६० हजार बोरा सिमेन्ट उत्पादन गर्ने लक्ष्यसहित सञ्चालन गर्न लागिएको सिमेन्ट उद्योग आगामी ९ महिना भित्रमा निर्माण भैसक्ने पनि कम्पनीले जनाएको छ ।
