
धादिङ फागुन १२ । धादिङ ज्वालामुखि गाउँपालिकामा प्रहरीले
अवैद्य बालुवा प्रशोधन उद्योगमा प्रयोग गरिएका सामानहरु बरामद गरेकाे छ ।
उद्योग वाणिज्य‚ आपुर्ति तथा उपभोक्ता संरक्षण विभाग बबरमहल काठमाण्डौ र घरेलु तथा साना उद्योग विकास समिति धादिङ समेतको सहभागीतामा प्रहरीले बालुवा प्रशोधन उद्योगहरुमा उद्योग संचालन गर्नु पुर्व लिनु पर्ने उद्योग इजाजत संचालन अनुमती पत्र नभएका केही उद्योगका सामान बरामद गरेकाे हाे ।
उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ को खण्ड (ट) बमोजिमको कसुर गरेको पाइएकोले सोही ऐनको दफा ३९ को उपदफा (१) को खण्ड (घ) बमोजिम रु ५०‚०००।- जरिवाना गरीएकोमा पटक पटक जानकारी गराउदा समेत जरिवाना तिर्न अटेर गरेको हुँदा सामान बरामद गरिएको प्रहरी निरिक्षक भाेला सिंह अधिकारीले बताए ।
शनिबार अनुगमनका क्रममा कार्वाहीमा परेका उद्योगहरु
१. श्री जे एण्ड जे कन्स्ट्रकसन‚ ज्वालामुखी ५
फिरफिरे २ वटा भएको मध्ये १ मात्र चालु उक्त स्थानबाट ल्याईएको सामानः- फिरफिरेमा राख्ने मोटर थान- १ (ठुलो) र तार‚ उक्त फिरफिरेमा जोडिएको तार काटिएको ।
२. श्री धादिङ ट्रेड एण्ड कन्स्ट्रकसन कम्पनी‚ ज्वालामुखी ५
फिरफिरे २ वटा दुवै चालु‚ उक्त स्थानबाट ल्याईएको सामानः- फिरफिरेमा राख्ने मोटर थान- २‚ उक्त फिरफिरेमा जोडिएको तार काटिएको ।
३. श्री बालदेवी सप्लायर्स एण्ड स्याण्ड प्रोसेसिङ प्लाण्ट‚ ज्वालामुखी ५
फिरफिरे २ वटा दुवै चालु‚ उक्त स्थानबाट ल्याईएको सामानः- नदीबाट पानी तान्ने ठुलो मोटर थान- १ र पाईप सहितको तार अं.२० मिटर‚ उक्त फिरफिरेमा जोडिएको तार काटिएको ।
४. श्री ईच्छासिद्धी सप्लायार्स‚ ज्वालामुखी ७
२ वटा फिरफिरे रहेको मध्ये १ मात्र चालु‚ ल्याईएको सामानः- फिरफिरेमा राख्ने मोटर थान-१‚ उक्त फिरफिरेमा जोडिएको तार काटिएको ।
५. न्यू ज्वालामुखी सप्लायर्स‚ ज्वालामुखी ५
उक्त सप्लायर्समा १ वटा मात्र फिरफिरे रहेको उक्त फिरफिरेमा रहेको मोटर‚ आधुनिक टाईपको भएकोले निकाल्न नसकिएको‚ हाल चालु नरहेको पाईएको‚ उक्त फिरफिरेमा जोडिएको तार काटिएको ।
