धादिङ फागुन १० । धादिङको गल्छी गाउँपालिका वडा नं। ६ बैरेनीबजारबाट प्रहरीले गाँजा बरामद गरेको छ ।
बिशेष सुराकीको आधारमा बैरेनी बजार स्थित पाण्डे होटल तथा मासु पसल संचालक बिन्दा पाण्डेको होटलको कोठा भित्र रहेको बक्स पलङ भित्र लुकाई छिपाई राखेको अबस्थामा प्रहरीले बिहिबार ३१ केजी लागु औषध गाँजा बरामद गरेको प्रहरीले जनाएको हो ।
जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रकाश विष्टका अनुसार होटल संचालक विन्दा पाण्डेलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भैरहेको छ ।
