
धादिङबेसी माघ १८ । धादिबेसीमा आगामी फागुन १६ गते देखि २६ गते सम्म पर्यटन तथा औद्योगिक मेला हुने भएको छ ।
पर्यटकीय हिसावले गणेश हिमाल पैदल मार्ग, त्रिशुली ¥याटिङ, बुढिगण्डकी जलाशय, गंगा जमुना झरना, चमेरे गुफा, भैरवी मन्दिर, मैदीकोट, ढोला मण्डलीमाई, त्रिपुरासुन्दरी मन्दिर, सिद्धलेक लगायतका आकर्षक पर्यटकिय गन्तव्यको प्रचार प्रसार एवम् धादिका होटल व्यवसायीहरु पर्यटक मैत्रि रहेका छन् भन्ने सन्देश धादिङ पर्यटन तथा औद्योगिक मेला २०७५ ले दिने आयोजक संस्था होटल व्यवसायी संघ धादिङका अध्यक्ष राजकुमार श्रेष्ठले बताए ।
औद्योगिक क्षेत्रको रुपमा पनि विकसित हुँदै गरेको धादिङ यहाँ उत्पादन हुने ठुला उद्योग एवम् साना उद्योगबाट उत्पादित वस्तुहरुको समेत प्रचार प्रसार एवम् प्रदर्शनी गर्ने तयारीमा छौं । विगतका महोत्सव जिल्लाको पहिचाहन दिन चुकेको आवाज लाई ख्याल गर्दै यो मेलालाई अवलोकन गर्न लायक बनाउने तयारी गरि रहेको समेत अध्यक्ष श्रेष्ठले बताए ।
जिल्लामा रहेका १ हजार ८ सयभन्दा बढी होटल व्यवसायीहरु यो मेला भव्य र सभ्य बनाउने तयारीमा रहेका छौं । विगतको महोत्सवको आयोजकहरु भिन्दै भएपनि समिक्षा गर्दै फागुन १६ देखि २७ गते सम्म हुने मेला धादिङको पहिचान दिने ढंगले संचालन गरिने उनले बताए
