महेन्द्रोदय माविको ४७ औं वार्षिकी सम्पन्न

Avatar photo
Dhadingpost
माघ १८, २०७५

कृष्णराना मगर
धादिङ माघ १८ ।
धादिङ जिल्लाको त्रिपूरासुन्दरी गाउँपालिका वडा न. ३ मुलपानीको महेन्द्रोदय माध्यमिक विद्यालयको ४७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह कार्यक्रम सम्पन्न भएको छ ।

विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष कृष्ण बहादुर सारु मगरको अध्यतामा भएको कार्यक्रममा त्रिपूरासुन्दरी गाउँपालिकाको अध्यक्ष शम्भुकुमार थापाको प्रमुख अतिथ्यता रहेको थियो ।

त्रिपूरासुन्दरी गाउँपालिकाको वडा नं. ३ का वडा अध्यक्ष लोकेन्द्र कुमार थापा र रानीपौवा मा वि स्रोतकेन्द्रका सा्रेतव्यक्ति नवराज बसौलाको विशेष आथित्यता रहेको थियो । कार्यक्रममा छिमेकी विद्यालयका प्रधानाध्यापक तथा शिक्षक प्रतिनिधि र संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु, पूर्व शिक्षक, पूर्व विद्यार्थीहरुको आथित्यता रहेको थियो ।

विद्यालयका प्रधानाध्यापक कमल बहादुर थापा मगरले विद्यालयको शैक्षिक र आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा विभिन्न अतिरिक्त क्रियाकलापहरुको विजेतालाई आजै पुरस्कृत गरिएको थियो ।

माघ १६ देखि विविध कार्यक्रम साथ सुरु भएको ४७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह कार्यक्रम आज समापन गरिएको हो ।

यस्तै गंगाजमुना गाउँपालिका स्तरीय प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । मण्डली माध्यमिक विद्यालय गंगाजमुना ५ फुलखर्कमा माघ १९ गतेबाट सुरु हुन लागेको प्रतियोगिताको लागि गंगाजमुना गाउँपालिका भित्रका ७ वटै वडाका माध्यमिक तहका ८ वटा विद्यालयका खेलाडीहरु सहभागी हुदैछन । साविकका गाविसहरु बसेरी बुढाथुम, फूलखर्क गुम्दी र री बाट खेलाडीहरु आउनेक्रम जारी रहेको छ ।

प्रतियोगिताको लागि राष्ट्रिय रेफ्रीहरु पनि आइसकेका छन । कार्यक्रमको उद्घाट्न भोली विहान ८ बजे हुने र त्यसपछि खेल संचालन हुनेछ ।

प्रतियोगिता माघ २१ गतेसम्म संचालन हुने आयोजक विद्यालय मण्डली माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक अर्जुनप्रसाद नेपालले जानकारी दिए ।

x