खानेपानी पानी सुरक्षा टोलिलाई तालिम दिईयाे

Avatar photo
Dhadingpost
माघ १७, २०७५


धादिङ माघ १७ । गजुरी गाउँपालिकामा रहेका खानेपानी आयोजनाका पानी सुरक्षा टीमका सदस्यहरूलाई ३ दिने पानी सुरक्षा योजना तालिम गजुरी गाउँपालिका मलेखुमा दिईएकाे छ ।

अक्सफार्म/प्रयास नेपाल धादिङ र सिद्धलेक गाउँपालिकाको साझेदारीमा संन्चालित पुर्णिमा परियोजना अन्तरगत निमार्ण सुरु भएको ४ वटा खानेपानी आयोजनाका पानी सुरक्षा टिमका सदस्यहरूला तालिम बुधबार दिईएकाे हाे ।

तालिममा पानी  सुरक्षा योजना टोलिमा सम्बन्धीत खानेपानी आयोजनाका अध्यक्ष त्यस क्षेत्रमा निर्वाचित प्रतिनिधि, महिला स्वयमसेबिका, सामुदायिक वनका प्रतिनिधि, शिक्षक, बुद्धिजिबि गरि जम्मा २८ जनाको सहभागीता रहेको थियोे ।

उक्त तालिममा पानि जलधार क्षेत्र मुहान देखि मुखसम्म कसरी सुरक्षा गर्ने, जोखिम बिश्लेशण तथा पहिचान कसरी गर्ने तथा दिगो ब्यबस्थापन र मर्मत कसरी गर्ने भन्ने बिषयका छलफल तथा सबै सहभागीहरुलाई पानि जाँच गर्ने विधि तथा प्रक्रियाका बिषयमा तालिम दिईएकाे प्रयास नेपाल धादिङका सब ईन्जिनियर धिरज भण्डारीले बताए ।

प्रयास नेपालले अहिले सिद्धलेक र गजुरी गाउँपालिका ३५ सय घरघुरीमा सेवा पुग्ने गरी ८ वटा खानेपानी योजना संचालनमा रहेको र खानेपानी योजना निर्माणको साथै दिगोपन र प्रभावकारी रुपमा संचालनको लागि बिशेष प्राथमिकता दिईएको कार्यकारी निर्देशक दामोदर अर्यालले बताए ।