
धादिङ माघ १६ । धादिङबेसी सदरमुकाममा रहेको जिल्ला कारागारको शौचालय व्यवस्थित नहुंदा बजार दुर्गन्धित कारागार आसपासको क्षेत्र दुर्गन्धित बनेको छ ।
जिल्ला अस्पताल र कृषि विकास बैंक सँगै जोडिएका जिल्ला कारागारको शौचालयबाट निस्कने दिशा पिसाव खुल्ला चौरमै छोडिए पछि आसपासको क्षेत्र दुर्गन्धित बनेको छ हो ।
सुरक्षित सेफटीटंकी नभएर खुल्ला कारागार पछाडीको खुल्लाचौरकै खुल्ला खाल्डोमा पाईप ल्याएर जोडिएको छ । उक्त खाल्डो भरिएर हरेक २ दिनमा वीचवजार मै जाने कुलोमा दुर्गन्धित लेदो वग्छ गर्दा बीचबजारबासी समेत मर्कामा परेका छन् ।
केहि साता पहिला जिल्ला प्रहरी कार्यालयले गरेको नागरीक सुनुवाई कार्यक्रममा स्थानीयहरुले जिल्ला कारागारको शौचालयको फोहोर अरुणखोलामा मिसाईएको आवाज उठाएका थिए । प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले यसको समाधान तत्काल गर्ने बताए पनि यसको समाधान नहुँदा बजार बासी मर्चामा परेका छन् ।
कारागारले शौचालयबाट निस्कने दिशा पिसाव कि त कारागार पछाडीको अरुणखोलामा पठाउंछ लेदो या त वीचवजार भएर मालेवगर जाने जाने कुलोमा वग्छ लेदो, उक्त लेदो वगे पछि टोलमा वसी सक्नु हुदैन । कारागारको व्यवस्थित सेफटीटंकी नभए पछि संकटकालमा सुरक्षाकर्मी लुक्नलाई कारागार वरपर खनिएका वंकर सुरुमा लेदो पठाईने र वंकर भरिए पछि खुल्लाचौर हुदैं सिधै अरुणखोला र कुलोमा वग्ने स्थानीयको आरोप छ ।
एक जना विदेशी, ११ महिला सहित २ सय ४५ जना वन्दी तथा कैदी उक्त कारागारमा छन् ।
