माघ १६ गते सार्वजनिक विदा

Avatar photo
Dhadingpost
माघ १५, २०७५

धादिङ माघ १५ । प्रदेश नं ३ सरकारले माघ १६ गतेलाई सार्वजनिक विदा दिईएको सार्वजनिक सुचना जारी गरेको छ ।

माघ ९ गते बसेको प्रदेश सरकार (मन्त्रपरिषद) को बैठकको निर्णय अनुसार माघ १६ गते शहीद दिवसको अवसरमा सार्वजनिक विदा दिने सुचना जारी गरेको हो ।

शहीद दिवस देशका लागि प्राण आहुति दिने शहीदहरूको सम्झना माघ १६ गतेलाई शहीद दिवसको रूपमा मनाइन्छ । राणा शासन बिरूद्ध लडेका शहीदहरूको सम्झनामा शहीद दिवस मनाउन थालिएको हो ।

यस दिन शहीद धर्मभक्त माथेमा, दशरथ चन्द, गंगालाल श्रेष्ठ र शुक्रराज शास्त्री लगायतका शहीदहरूको सम्झना गरिन्छ ।