क्रिकेटमा नेपालको युएई विरुद्ध सानदार जित

Avatar photo
Dhadingpost
माघ १४, २०७५

धादिङ माघ १४ । दुबईमा जारी एकदिवसीय क्रिकेटको तेस्रो तथा अन्तिम खेलमा नेपालले युएई विरुद्ध सानदार जित हासिल गरेको छ ।

पारस खड्काको कप्तानी इनिङसँगै नेपालले यूएई विरुद्धको तेस्रो एकदिवसीय म्याच ४ विकेटले जितेको छ । यस सँगै तीन म्याचको सिरिज २–१ ले आफ्नो पक्षमा पारेको छ ।

गत चैतमा एकदिवसीय मान्यता पाएको नेपालले दोस्रो सिरिजमै उपाधि जितेर ऐतिहासिक सफलता हात पारेको हो । यूएईले दिएको २५५ रनको लक्ष्य नेपालले ४४।४ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो ।

कप्तान खड्काले उत्कृष्ट प्रदर्शन गर्दै शतक बनाए । छैटौं विकेटको रुपमा आउट हुनुपूर्व उनले ११५ रन बनाए । उनले १०९ बलमा १५ चौका र एक छक्का प्रहार गरे ।

युएईविरुद्धको अन्तिम तथा तेस्रो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कप्तान पारसले शतक बनाएका हुन् । योसँगै उनी एक दिवसीय क्रिकेटमा शतक बनाउने पहिलो नेपाली खेलाडी बनेका छन् ।