धादिङ बोर्डिङमा उद्घोषण तालिम सम्पन्न

Avatar photo
Dhadingpost
माघ १४, २०७५

संजय देवकोटा
धादिङ माघ १४ ।
धादिङबेसी स्थित धादिङ बोर्डिङमा वाककलालाई व्यवस्थित र प्रस्फुटित गर्ने उद्धेश्यका साथ सुरुभएको ४ दिने उद्घोषण सम्पन्न भएको छ ।

कक्षा ५ देखि ९ सम्मका करिब ५० जना विद्यार्थीहरुले भाग लिएको उक्त तालिम तालिममा सञ्चारकर्मी गोपाल विश्वकर्मा र गणेश ढुङ्गानाले सहजिकरण गरेका थिए ।

विद्यालयका प्रधानाध्यापक हरि लम्सालको सभापतित्वमा आयोजित समापन कार्यक्रममा प्रशिक्षक गणेश ढुङ्गाना, विद्यालयका सेकेण्डरी इन्चार्ज अपिल कोइराला लगायतको आतिथ्यता रहेको थियो ।

समापन कार्यक्रममा विद्यार्थीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । यस्ता खाले प्रशिक्षण कार्यक्रमले विद्यार्थीहरुको भाषण कला र वाक शक्तिको महत्त्वपूर्ण हुने विद्यालयका प्रधानाध्यापक हरि लम्सालले बताएका थिए ।