
धादिङ माघ १३ । धादिङबेसीमा नेपाली काँग्रेस निकट अधिकारकर्मी र डाक्टर गोविन्द केसीका समर्थकहरुले उल्टो ¥याली निकालेका छन् ।
संसदले ध्वनीमतको आधारमा चिकित्सा शिक्षा विधेयक पारित गरे सँगै आफ्नो लास प्रधान मन्त्रीलाई बुझाउनु परेपनि तयार रहेको बताएका डा. केसीको अनशनलाई समर्थन गर्दै उनीहरुले धादिङबेसीमा उल्टो र्याली प्रदर्शन गरेका हुन् ।
संसदबाट पारित भएको चिकित्सा शिक्षा विधेयकको विरोधमा नेपाली काँग्रेस धादिङका नेता तथा कार्यकर्ताहरु समेत सहभागि रहेको उक्त र्याली पछि नागरीक अगुवाहरुले बहुमत दिने जनता, फाइदा लुट्ने नेता भन्दै विरोध गरेका थिए ।

