धादिङबेसीमा महिलाकाे पाठेघरकाे मुख तथा स्तन क्यान्सर उपचार शिविर

Avatar photo
Dhadingpost
माघ १२, २०७५


धादिङबेसी माघ १२ । राेटरी क्लव अफ धादिङको आयोजनामा महिलाहरुकाे पाठेघरकाे मुखकाे क्यान्सर र स्तन क्यान्सर उपचार सम्बन्धी शिविर सम्पन्न भएकाे छ ।

धादिङकाे  शिक्षा, स्वस्थ्य र खानेपानीमा सहयाेग गर्दै आएको राेटरी क्लव धादिङले आयोजना गरेकाे उक्त शिविरमा १ सय ५६ महिलाहरुले स्वास्थ्य परिक्षण गराएका थिए ।

शिविरमा राेटरी क्लब अफ एल ललितपुर, राेटरी क्लब अफ नारायणगढ चितवनकाे सहयाेग तथा नेशनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टरकाे प्राबिधिक सहयाेग रहेकाे थियाे ।

डा. जितेन्द्र परियारकाे नेतृत्वमा संचालन गरिएको उक्त महिला स्वास्थ्य परिक्षणमा ९ जनालाई VIA पाेजेटिभ देखियाे उनिहरुलाई आउने/जाने खर्च हामीले उपलब्ध गराउने छाै भने न्युनतम शुल्कमा अस्पतालले उपचार गर्ने सहमति भएकाे राेटरी क्लव अफ धादिङका अध्यक्ष गाेविन्द बुढाथोकीले बताए ।