धादिङमा गाउँपालिका स्तरीय कमिटी बनाउदै नेकपा

Avatar photo
Dhadingpost
माघ ११, २०७५

 

धादिङ माघ ११ । नेपालमा क्रान्तिकारी पार्टीकाे रुपमा उदाउँदैै गरेकाे विप्लव नेतृत्वको नेकपाले धादिङका १३ वटै पालिकामा संगठन निर्माण अभियान सुरु गरेकाे छ ।

गल्छि गाउँपालिकाबाट पालिका स्तरीय कमिटी निर्माण सुरुगरेकाे नेकपाले सिद्धलेकपालिमा पनि कमिटी गठन गरेकाे छ ।

जनताकाे माग र पार्टीको वैचारिक कार्यदिशा तल सम्म लान पालिका स्तरिय कमिटी गठन गर्न थालेका हाै हामी याे महिनाभर धादिङका सबै नगर र गाउँ पालिकामा कमिटी गठन गरि सक्छौ जिल्ला सेक्रेटरी बुद्ध ले धादिङ पाेष्टलाई बताए ।

गल्छि गाउँ पालिकामा अाकाशकाे ईन्चार्जसिपमा १३ सदस्यीय र सिद्दलेकमा प्रेेम गुरुङकाे इन्चार्जसिपमा २३ सदस्यीय कमिटि बनेकाे समेत उनले बताए ।