गणेश हिमाल दिवस मनाईदै, पहिलो आरोहिलाई सम्मान

Avatar photo
Dhadingpost
माघ ८, २०७५

धादिङ माघ ८ । गणेश हिमाल पर्यटन विकास समितिले गणेश हिमाल आरोहण दिवस मनाउने र उक्त दिवसको अवसरमा पहिलो पटक गणेश हिमालमा सफल आरोहण गर्ने आरोहीलाई सम्मान गरिने भएको छ ।

विहिबार (माघ १० गते) काठमाडौमा मनाईने उक्त दिवसमा ६४ वर्षपछि मनाईने भएको हो । पहिलो पटक सन् १९५५ मा पहिलो पटक मनाईएको गणेश हिमाल आरोहण दिवस त्यस पछि माघ १० गते मनाउन लगिएको गणेस हिमाल पर्यटन विकास समितिका अध्यक्ष तेज गुरुङले बताए ।

सन् १९५५ जनवरीमा २४ मा स्वीजरल्याण्डमा ४ जनाको पर्यटन आरोहीले पहिलो पटक गणेश हिमालमा सफल आरोहण गरेका थिए । रेमंड लम्बर्ड, पियरे भिट्टाज, एरीक गौचन, क्लाउड कोगन सहभागि थिए ।

स्थानिय भाषामा यांग्रा भनेर चिनिने गणेश हिमालको उचाई ७ हजार ४ सय २२ रहेको छ ।