
धादिङ माघ ७ । नेपाल विद्यार्थी संघलाई एकता बद्ध बनाई सशक्त शैक्षिक आन्दोलनको लागि अध्यक्षमा आफ्नो उम्मेदवारी रहने श्रीराम खतिवडाले बताए ।
शैक्षिक आन्दोलनको खम्बाको रुपमा रहेको नेवि संघलाई थप एकता र मजबुद बनाउन धादिङ जिल्ला अध्यक्षको लागी आफ्नो उम्मेदवारी रहने समेत खतिवडाले बताएका छन् ।
नेपाल विद्यार्थी संघमा सक्रिय रहेका खतिवडा २०६५ मा बागेश्वरी उमावि गल्छी बैरेनीमा ०७५ सालमा इकाई अध्यक्ष बनेका खतिवडा साविकको ३ नम्बर क्षेत्रको सचिव हुँदै क्षेत्रिय संयोजक समेत बनि सकेका छन् ।

नेवि संघको अघिल्लो महाधिवेशन प्रतिनिधिमा सर्बाधिक मत ल्याएका खतिवडा जिल्ला अध्यक्षका लागि बलिया उम्मेदवारीका रुपमा हेरिएको छ ।
जिल्लाका भरबाट ४ सय ६० जना प्रतिनीधीहरु सहभागि नेपाल विद्यार्थी संघको १४ औँ अधिवेशन धादिङबेसीमा सोमबार उद्घाटन सकिएको छ, भने बन्द सत्र मंगलबार (माघ ८ गते) हुनेछ ।
