
धादिङ, माघ ५ । निर्माण सम्झौताको समय सकिए पछि सडक चौडा बनाउन भन्दै निमार्ण ठेकेदार कम्पनीले धादिङको गोलाभञ्ज्याङ–टारीबेसी सडक खण्ड दैनिक ४ घण्टा बन्द गरेको छ ।
धादिङबेसी–आरुघाट सडकखण्ड अन्तरगत पर्ने गोलाभञ्ज्याङदेखि टारीबेसीसम्मको सडक खण्ड चौडा बनाउन भन्दै ठेकेदार कम्पनी लामा कन्ट्रक्सनले दिनको १२ बजेदेखि बेलुका ४ बजे सम्म बन्द गरेको हो ।
सडक आयोजना एवं लामा कन्सट्रक्सनले सार्वजनिक सूचना जारी गर्दै माघ ४ गतेदेखि माघ २८ गते सम्म उक्त सडक खण्डमा मध्यान्न १२ बजेदेखी अपह्रान्न ४ बजे सम्म सडक बन्द हुने बताएको थियो ।
समयमै निमार्णकार्य नसकेर आलोचित बनेको यस निमार्ण ठेकेदार कम्पनीले यति लामो समय दैनिक यातायात सेवा बन्द गराउन नहुने नेकपा धादिङका नेता रामबहादुर भण्डारीले बताए ।
दुई वर्ष भित्र निर्माण सम्पन्न गरिसक्ने गरी २०७३ पुस १४ मा सडक निर्माण सम्झौता गरेको यस कम्पनीले पटक पटक सडक निमार्ण गर्न भन्दै यातायत सेवा बन्द गर्दै आएको थियो ।
कूल रु ७० करोड ११ लाख ७३ हजारमा काम सम्पन्न गर्ने गरी लामा कन्स्ट्रक्सनले कालोपत्र गर्ने जिम्मेवारी लिएको थियो ।
सडकको निर्माण सम्पन्न भए जिल्लाको उत्तरी क्षेत्रमा दैनिक उपभोग्य सामान लैजान र त्यस क्षेत्रको कृषिउपज बिक्रीका लागि सदरमुकामसम्म ल्याउन समेत सजिलो हुनेछ । यस सडकमा हालका दिनमा दैनिक ५ सयको हाराहारीमा साना ठुला सवारी साधनहरु आवतजावत गर्ने गर्दछन् ।
पहिला बन्द गरेको समाचार पढ्न तलको लिङ्कमा क्लिक गर्नु होला
मर्मत भन्दै धादिङबेसी-आरुघाट सडक बन्द

