विकासको नाममा वन सखाप पारिदैं

Avatar photo
Dhadingpost
माघ १, २०७५

धादिड, खनियावास, माघ १ । धादिङका जिल्ला वन कार्यालयका प्रमुख इमनाथ पौडेको सरुवा सँगै विभिन्न वहानामा धादिङका वनहरु फडानी सुरु भएको छ ।

सडकको नाममा, विद्युतीकरणको नाममा होस् या अन्य सार्वजनीक सरोकारको नाममा यतिवेला धादिङका सामुदायीक वनहरु तहस नहस हुन थालेका छन् ।

पछिल्लो उदाहरणको रुपमा लिन सकिन्छ ग्रामिण विद्युतीकरणका नाममा खनियावासमा दुई वटा सामुदायिक वन क्षेत्रको जंगल सखाप पारिएको घटना ।

विद्युत विस्तार गर्दा तार तान्ने पोल गाडनु पर्ने स्थानवाट अधिकतम ३-३ मिटर खाली गर्नु पर्नेमा १५ देखि २५ मिटर सम्म सयौं वर्ष पुरानो जंगल पुरै फडानी गरिए पछि विरोधको आवाज बाहिर आएपनि जिल्ला वन कार्यालयले आफ्नो गतिविधिलाई चुस्त दुरुस्त राख्न सकि रहेको छैन ।

यस अघिका वन कार्यालयका प्रमुख इमनाथ पौडेलले केहि हद सम्म पनि विभिन्न चुनौतीका वावजुत मुद्धा लडेर भएपनि सामुदायीक वनहरुको रक्षाका लागि लागेका थिए । तर उनको सरुवा पछि पुनः सावुदायीबनहरु फडानी कार्य जारी छ ।

अहिले नुवाकोटको त्रिशुली वाट यस अघिनै विद्युतीकरण गरिएको क्युङ्बाट खनियावासको अक्थली पुरयाउन गरिने ७ किमी जंगल पुरै सखाप गरिएको हो । उक्त विद्युतीकरणका लागी ३६ लाखमा ठेक्का लिएका ठेकेदार वावुकृष्ण श्रेष्ठवाट निर्माण गर्ने जिम्मा लिएका स्थानीय मंगल तामाङले सयौं वर्ष पुराना करिव ३ हजार रुखहरु कटान गरेको स्थानीय २ वटा सामुदायिक वनहरुले आरोप लगाएका छन् ।

पोल गाडने र तार तान्ने क्षेत्रमा अधिकतम कम्तीमा अढाई मिटर देखि वढीमा ६ मिटर सम्म स्थानको आवस्यकता अनुसार खाली गर्ने पर्ने हो, २५ मिटर त धेरै हो, रुख काटने अनुमती हाम्रो अधिकमर क्षेत्र भित्र पर्दैन । विद्युत प्राधिकरण धादिङका प्रमुखले बताए ।

सयौं वर्ष पुराना रुखहरु कटुस, लप्सी, ओखर , लालीगुराँस, मौवा, काफल , चिलाउने , लगायतका महत्वपुर्ण ८ प्रजातीका ३ हजार रुख जति ढालेको देखियो, जिल्ला वन कार्यालयलाई जानकारी गराएका छौं, वडा अध्यक्ष टेकवहादुर तामाङ भन्दछन् ।