प्याब्सन धादिङको अध्यक्षमा पुनः गोविन्द बुढाथोकी

Avatar photo
Dhadingpost
पुस ३०, २०७५

धादिङ पुस ३० । निजी तथा आवासीय विद्यालयहरू अर्गनाइजेसन (प्याब्सन) धादिङको अध्यक्षमा पुनः गोविन्द बुढाथोकी सर्वसम्मत चयन भएका छन् ।

आईतबार धादिङबेसीमा सम्पन्न भएको आठौं जिल्ला अधिवेशनले पुन बुढाथोकीलाई आगामी ३ वर्षका लागि अध्यक्षमा चयन गरेको हो ।

नव निर्वाचित कार्यसमितिको उपाध्यक्ष विश्वनाथ उप्रेती , सचिव जयराम ढुङ्गाना, सह–सचिव टिका थपलिया, कोषाध्यक्षमा दिनेश भट्ट चयन भएका छन् ।

यस्तै सदस्यहरुमा कल्पना सिलवाल, सङ्गिता श्रेष्ठ, आँचल श्रेष्ठ, पुस्कर पाण्डे, सञ्जीव गजुरेल, सुजन थापा, सहदेव घिमिरे चयन भएका छन् ।

उक्त अधिवेशनले मीना प्रधान, सञ्जीव राई, मदन कुमार श्रेष्ठ लाई महाधिवेशन प्रतिनिधिका रुपमा चयन गरेको छ ।