ल्होसरको अवसरका मोटर साइकल र्याली हुँदै

Avatar photo
Dhadingpost
पुस २९, २०७५

धादिङ पुस २९ । लिःल फङ (घले समाज) ले धादिङबेसीमा माघ १ गते ल्होसरको अवसरमा आयोजना गरेको साँस्कृतिक पर्वको पूर्व सन्ध्या पुस ३० मोटर साइकल र्याली गर्ने भएको छ ।

लिःल फङ (घले समाज) धादिङका अध्यक्ष धनबहादुर घलेका अनुसार सोमबार (पुस ३० गते) गजुरी देखि धादिङबेसी सम्म २०० भन्दा बढी मोटर साइकलहरु र्याली सहभागिहुने छन् ।

नेकपाका अध्यक्ष प्रचण्डद्वारा माघ १ गते धादिङबेसीमा उद्घाटन हुने उक्त ल्होसर कार्यक्रममा १५ देश र ३६ जिल्लाबाट १० हजार भन्दा बढी घलेहरु सहभागि हुने समेत अध्यक्ष धनबहादुर घलेले बताए ।

धादिङबेसी स्थित होटलहरु ३० गते बेलुका नै बुक गरिएको छ, भने सबै जिल्लामा बस रिजर्भ गरिएको काठमाडौबाट कार्यक्रममा सहभागि हुने घलेहरुलाई काठमाडौ माछापोखरीमा दर्जन भन्दा बढी गाडी रिजर्भ गरिएको, धादिङका गाउँगाउँमा रिजर्भ गाडीहरु सोमबार बेलुका नै पुग्ने लिःल फङ (घले समाज) यूएई अध्यक्ष नरबहादुर घले धादिङपोष्टलाई बताए ।

ल्होसर कार्यक्रममा प्रचण्ड धादिङबेसी आउने