संचार उद्यमी कृष्ण शिशिरले उम्मेदवारी दिए

Avatar photo
Dhadingpost
पुस २८, २०७५

धादिङ पुस २८ । धादिङमा संचार उद्यमीका रुपमा उदाउँदै गरेका संचारकर्मी एवम् कलाकार कृष्ण शिशिरले आईतबार हुने धादिङ उद्योग वाणिज्य संघको चुनावको लागि उम्मेदवारी दिएका छन् ।

रेडियो धादिङबाट संचारकर्मी बनेका कृष्ण प्रसाद ढकाल (शिशिर) विभिन्न मिडियामा आवद्ध हुँदै राष्ट्रिय लोक तथा दोहोरी गित प्रष्तिठान धादिङका अध्यक्ष समेत बनिसकेका उनी पछिल्लो समय शिशिर छापखाना संचालन गरि रहेका छन् ।

खुल्ला उद्योग तर्फ उम्मेदवारी दिएको छु, भोट दिनुहोस्, जितेमा युवा तागत र आफ्नो क्षेमता पूर्ण रुपमा उद्योग वाणिज्य संघ धादिङमा लगाउने प्रतिबद्धता जाहेर गर्दै भोट मागि रहेका छन् ।