धादिङ पुस २८ । धादिङका उद्यमी व्यवसायीहरुको हकहित र सुरक्षाका लागि सदा क्रियाशील रहदै आएका लोकनाथ डल्लाकोटीले धादिङ उद्योग वाणिज्य संघको चुनावमा खुल्ला सदस्यमा उम्मेदवारी दिएका छन् ।
धादिङ उद्योग वाणिज्य संघको संस्थागत विकासका लागि आफुले उम्मेदवारी दिएको बताउने डल्लाकोटी व्यसायीहरुले जिताउनेमा ढुक्क छन् ।
धादिङका अधिकाँस उद्योगी व्यवसायीहरुले मलाई राम्ररी चिन्छन्, उद्योग वाणिज्य संघले यस अघि उल्लेख्य काम गर्न नसकेको गुनोसो आईरहेको र ति गुनासाहरु हल गर्न आफुले उम्मेदवारी दिएको समेत उनले बताए ।
पूर्व एमाले र पूर्व माओवादी केन्द्र मिलेर बनेको नेकपा निकट व्यवासयीहरुको प्यानलबाट चुनावी मैदानमा देखा परेका डल्लाकोटी निर्वाचित बने भने महा सचिवको बन्ने एक व्यवसायीले बताए ।
उद्योग वाणिज्य संघमा डल्लाकोटीको अत्यन्त आवश्यक छ, जिल्लाको विकास र समृद्धिका लागि उद्योग वाणिज्य संघमा अब्बल बनर देखाई दिने क्षेमताका उनीलाई पार्टीगत ह्वप उल्लङ्गन गरेर भएपनि बोट हालिन्छ नाम नबताउने सर्तमा एक व्यवसायीले बताए ।
