धादिङ पुस २७ । धादिङ उद्योग वाणिज्य संघको नवौँ अधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवारी दिएका विष्णु प्रसाद थपलियाले आफु उद्योग, व्यवसायीहरुको साझा उम्मेदवार भएको बताएका छन् ।
धादिङको आर्थिक सामाजिक रुपान्तरण, जिल्लाभित्रको कच्चा पदार्थमा आधारित औद्योगिक तथा व्यवसायिक सम्भावनाको सहजीकरण, कृषि, पर्यटन, खनिज, जलस्रोत, जडिबुटी तथा मानव संसाधन समेतको उच्चतम् र अधिकतम् प्रयोगका लागि आफुले उम्मेदवारी दिएका धादिङपोष्टलाई बताए ।
आर्थिक भू–भाग उत्तरमा हिमालय पर्वत देखि दक्षिण महाभारत श्रृंखलासम्म फैलिएको जलश्रोत, खनिज पदार्थ, कृषि तथा पर्यटन र विभिन्न प्रकारको जडिबुटीको समेत अथाह र अत्याधिक संभावना भएको प्रकृतिको बरदानले सु–सम्पन्न धादिङ जिल्लालाई प्रवद्र्धनका लागि राजनीति भन्दा माथि उठेर अध्यक्ष पदको लागि उम्मेदवारी दिएको बताए ।
थपिलया अर्का अध्यक्षका उम्मेदवार रामशरण खत्री सँग प्रतिस्पर्धा गर्दै छन् । निर्वाचन पुस २८ गते हुँदैछ ।
