घले समाजको ल्होसर कार्यक्रममा प्रचण्ड धादिङबेसी आउने

Avatar photo
Dhadingpost
पुस २८, २०७५

धादिङ पुस २८ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड माघ १ गते धादिङबेसी आउने भएका छन् ।

लिःल फङ (घले समाज) यूएई अध्यक्ष नरबहादुर घलेका अनुसार प्रचण्ड घलेहरुको साँस्कृतिक पर्व ल्होसर कार्यक्रम उद्घाटन गर्न माघ १ धादिङबेसी आउने भएका हुन् ।

यस बर्ष हामी लिःल (घले) जातिको ऐतिहासिक पर्व ल्होसर २०७५ खि ल्हो (कुकुर बर्ग) को बिदाई र फाह् ल्हो (मृग बर्ग) को आगमनको पावन अवसरमा केन्द्रिय लिःल फङ्को आयोजना र अन्तर्राष्ट्रिय समबन्य समितिको मुख्या प्रयोजनमा धादिङबेसीमा बृहत सांस्कृतिक पर्व माघ १ गते हुन लागेको समेत यूएई अध्यक्ष नरबहादुर घलेले बताए ।

देश विदेशबाट मात्र १० हजार घले प्रतिनीधिहरु उपस्थिति हुने बताईएको धादिङबेसीमा हुने ल्होसर कार्यक्रम तयारीको अन्तिम चरणमा पुगेको बताईएको छ ।

लिःल (घले) जातिको जातिय एकतालाई नै बिशेष जोड दिईने छ, भने लिःल (घले) जातिको जातिय चिनारी तथा पहिचान झल्काउने बिभिद नृत्य तथा गित संङ्गितहरु ल्होसरको आकर्षण भएको बताईएको छ ।

यी देशहरुबाट धादिङमा जम्मा हुँदै छन् घलेहरु
– भुटान
– बेलायत
– जापान
– कतार
– यु.ए.ई
– मलेसिया
– साउदी अरेबिया
– बहराइन
– बेल्जियम
– इटाली
– फ्रान्स
– पोर्तुगल
– अमेरिका
– हङकङ
– मकाउ

नेपालको निम्न ३६ वटा जिल्लाका घलेहरु धादिङबेसीमा माघ १ गते आउने
१. ईलाम
२. झापा
३. मोरङ्
४. सुनसरी
५. संखुवासभा
६. भोजपुर
७. ओखलढुङ्गा
८. सप्तरी
९. सिन्धुलि
१०. दोलखा
११. सिन्धुपाल्चोक
१२. काभ्रेपलाञ्चोक
१३. ललितपुर
१४. भक्तपुर
१५. काठमान्डौ
१६. नुवाकोट
१७. रसुवा
१८. धादिङ्ग
१९. मकवानपुर
२०. रौतहट
२१. बारा
२२. पर्सा
२३. चितवन
२४. गोर्खा
२५. लमजुङ्ग
२६. तनहुँ
२७. स्याङ्जा
२८. कास्की
२९. मनाङ्
३०. बाग्लुङ्
३१. नवलपरासी
३२. रुपन्देही
३३. रुकुम
३४. बाँके
३५. बर्दिया
३६. कैलाली