धादिङमा सातौं प्याब्सन प्रेसिडेण्ट कप प्रतियोगिता सुरु

Avatar photo
Dhadingpost
पुस २७, २०७५

अमृत तामाङ
धादिङ पुस २७ ।
निजी तथा आवासीय विद्यालयहरू अर्गनाइजेसन (प्याब्सन) धादिङको प्याब्सन प्रेसिडेण्ट कप २०७५ प्रतियोगिता धादिङबेसी स्थित एड्भान्स एकेडेमीमा सुरु भएको छ ।

स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ सातौ प्याब्सन प्रेसिडेण्ट कप २०७५ प्रतियोगिता जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपालले उद्घाटन गरे सँगै सुरु भएको हो ।

पुस २७, २८ र २९ गते सम्म संचालन हुने उक्त प्रतियोगिताको कतिपय खेलहरु उद्घाटनकै दिन सकिएका छन्, भने भलिबल छात्र तर्फको खेल सेमी फाईनल प्रवेस गरेको छ । छात्रा तर्फको भलिबल खेल शनिबार बिहान हुनेछ ।

प्रतियोगिताको आकर्षणका रुपमा हेरिएको छात्र भलिबल खेलमा एड्भान्स एकेडेमीले ब्राइट फ्यूचर बोर्डिङ मलेखु र चिल्ड्रन पार्क बोर्डिङ स्कुललाई पराजित गर्दै पोल विजेता भएको छ भने ब्राइट फ्यूचर बोर्डिङ मलेखुले चिल्ड्रन पार्क बोर्डिङ धादिङबेसीलाई पराजित गर्दै पोल लुजर बन्दै सेमी फाईनल प्रवेस गरेको छ ।

यस्तै द राईजिङ भिलेज बोर्डिङ गल्छी बैरेनीले गुड स्टार बोर्डिङ धार्के र सुनगाभा बोर्डिङ धादिङलाई हराउँदै पोल विजेता बनेको छ भने सुनगाभा बोर्डिङ धादिङले गुड स्टार बोर्डिङ धार्केलाई हराउँदै पोल लुजर बन्दै सेमी फाईनल प्रवेस गरेका छन् ।
शनिबार हुने सेमिफाईन खेलका एड्भान्स एकेडेमी र सुनगाभा,  द राईजिङ भिलेज र ब्राईट फ्यूचर बीच हुने प्याब्सन धादिङका अध्यक्ष गोविन्द बुढाथोकीले बताए ।

आज सम्पन्न भएको १०० मिटरको दौडमा छात्र तर्फ एड्भान्स एकेडेमीका आशिष तामाङ प्रथम भएको छ भने छात्रा तर्फ बिस्या श्रेष्ठ प्रथम भएकी छिन् । यस्तै २०० मिटरको दौडमा छात्र तर्फ एड्भान्स एकेडेमीका आशिष तामाङ प्रथम भएका छन् भने छात्रा तर्फ पनि एड्भान्स कै रेविका तामाङ प्रथम भईन् ।

त्यसैगरी ४०० मिटरको रिले दौडछात्र तर्फ एड्भान्स एकेडेमीका विद्यार्थीहरु (आशिष तामाङ, मनोज तामाङ, सुशान आले, महेश वाइवा) टिम प्रथम भएको थियो भने छात्रा तर्फ पनि एड्भान्स कै रेविका तामाङ, रमा गुरुङ, एलिसा तामाङ र रन्जिता तामाङको टिम प्रथम भएको थियो ।

आज सम्पन्न भएको खेलको नतिजा

100M Race Girls
1. Bishya Shrestha – Good Start
2. Rebika Tamang – Advance
3. Ritima Bhujel – New Mahakali
4. Manisha Rokka – Rosemary
5. Prapti Kandel – Bright Future
6. Rama Gurung – Advance

100M Race Boys
1. Ashish Tamang – Advance
2. Manoj Tamang – Advance
3. Himal Magar -Bright Future
4. Aayush Khatiwada – Good Start
5. Uman Shahi – Good Start
6. Prashant Lama – Sungabha

200M Race Girls
1. Rebika Tamang – Advance
2. Ritima Bhujel – New Mahakali
3. Bidhya Shrestha – Good Start
4. Ichchya Tamang – Bright Future
5. Ansu Kumari Chauhan – Rising Village
6. Sabina Sunuwar – Children park

200M Race Boys
1. Ashish Tamang- Advance
2. Bhola Shah – Bright Future
3. Manoj Tamang – Advance
4. Suraj bhandari – Bright Future
5. Anjan Gurung – Sungabha
6. Sagar Gurung – Future Care

400M Relay Race Girls
1. Advance ( Rebika Tamang, Rama Gurung, Alisha Tamang and Ranjita Tamang)
2. Rosemary (Manisha Rokka, Binita Shrestha, Rubina Ghale and Sumitra Bhattarai)
3. Children Park (Bindu Gurung, Samikshya Gurung, Soni Tamang and Sabina Sunuwar)
4. New Mahakali (Ritima Bhujel, Asmita Bot, Pranisha Karki and Supriya Patel)
5. Bright Future (Prapti Kandel, Bhagawati Giri, Ichha Tamang and Prasamsha Pandey)
6. Rising Village (Rachana Shrestha, Sujana Paudel, Ansu Kumari Chauhan and Grishma Dahal)

400 M Relay Race Boys
1. Advance (Aashish Tamang, Manoj Tamang , Sushan Ale and Mahesh Waiba)
2. Bright Future (Bhola Shah, Himal Magar, Suraj Bhandari and Aayush Sedhain)
3. Good Start ( Rijan Shrestha, Shashan Koirala, Dev Chandra Patel and Rajan Dangol)
4. Children park ( Anil Gurung, Manoj Rokka, Aashish Pyakurel and Prince Shrestha)
5. Sungabha (Anjan Gurung, Jaya Pratap Gurung, Parbat Silwal and Prashant Lama)
6. Rising Village (Pawan Adhikari, Utsab Subedi, Diwas Shrestha and Ranjan Panta)