आदरणिय व्यवसायिक मित्रहरु तथा सभाषद ज्यूहरु,
सर्वप्रथमतः धादिङ उद्योग वाणिज्य संघको २५ औँ बार्षिक साधारण सभा तथा नवौँ अधिवेशनको यस शुभ अवसरमा यहाँहरु सबैलाई हार्दिक नमन गर्न चाहन्छु र यहाँहरुको व्यवसायिक सफलता तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।
व्यवसायिक व्यस्तता र विविध प्रतिकुलताको बावजुद यस अधिवेशनमा यहाँहरुको उत्साहपूर्ण र गरिमामयी सहभागिताको लागि हार्दिक स्वागत गर्न चाहन्छु ।
हाम्रो देशको राजधानीलाई स्थल मार्गको माध्यमबाट झण्डै ६८ जिल्ला सँग जोड्ने तथा संसार कै उदियमान अर्थतन्त्र भएको दुई महत्वपूर्ण आर्थिक महाशक्ति भारत र चीनलाई समेत सडक सञ्जालबाट जोड्दै बाँकी विश्वमा प्रवेश गर्ने महत्वपूर्ण सामरिक र आर्थिक भू–भाग उत्तरमा हिमालय पर्वत देखि दक्षिण महाभारत श्रृंखलासम्म फैलिएको जलश्रोत, खनिजपदार्थ, कृषि तथा पर्यटन र विभिन्न प्रकारको जडिबुटीको समेत अथाह र अत्याधिक संभावना भएको प्रकृतिको बरदानले सु–सम्पन्न यस धादिङ जिल्लालाई मानविय प्रयत्न र नीति निर्माण तहबाट सचेत योजनाको साथ अवसरहरुको सदुपयोग गर्न हामी सबैले अन्तरमन देखि इमान्दार रुपमा क्रियाशील हुने हो भने यस जिल्लाको सामाजिक आर्थिक रुपान्तरणको सुन्दर सपनालाई साकार पार्न सकिने वस्तुगत र धरातलिययथार्थ तर्फ प्रबुद्ध व्यवसायिक साथीहरु, नीतिनिर्माण तहमा क्रियाशिल रहनु भएका जनप्रतिनिधि ज्यूहरु र सम्बद्ध सबै पक्षको ध्यानाकर्षण गराउन चाहन्छु ।
माथि उल्लेखित पृष्ठभूमि र सेरोफेरोमा रहेर निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था धादिङ उद्योग वाणिज्य संघले आफ्नो स्थापनाको २७ वर्षको विभिन्न आरोह पार गर्दै आजको अवस्थामा पु¥याउन अथक प्रयत्न गर्नुहुने सम्पूर्ण अग्रज अभिभावक ज्यूहरु र कर्मशील तपाई सम्पूर्ण व्यवसायी साथीहरुलाई हार्दिक आभार र धन्यवाद व्यक्त गर्न चाहन्छु ।
निजी क्षेत्रको प्रतिनिधि मूलक संस्थाको हैसियतले सिंगो धादिङको समग्र आर्थिक सामाजिक विकासको अभियानमा बदलिदो समय, चेतना स्तर र आजको वस्तुगत तथा आत्मागत अवस्थाको सापेक्षतामा सम्पूर्ण व्यवसायीहरु, अग्रज अभिभावक ज्यूहरु र सहकर्मी साथीहरुलाई विश्व परिवेश र भूमण्डली करणको (Globalization) पृष्ठभूमिमा हाम्रो सामथ्र्य र दायित्वलाई अन्तरघुलन (Fusion) गरेर सोच्न र कृयाशिल रहन हार्दिक अपील गर्दछु ।
यस उद्योग वाणिज्य संघको नेतृत्वमा रहनुभएका साथीहरु, साधारण सदस्यहरु एवम् गरिमामय सभाषदको हैसियतले हाम्रो संस्थागत दायित्व, यस संस्थाको मातृ संस्थासँंगको सम्बन्ध तथा अन्य भाइचारा र छिमेकी जिल्लाका संस्थाहरुसँगको सम्वन्ध हाम्रो आफ्ना सदस्यहरुलाई संस्थाले दिनसक्ने सहयोग, नेतृत्व र अभिभावकत्व तथा निजी क्षेत्रको प्रतिनिधि मूलक संस्थाको हैसियतमा कार्य नैतिक तथा व्यवसायिक साझेदारहरुको सम्बन्ध र सहकार्य तथा त्यसको नतिजा स्वरुप दिनसक्ने सकारात्मक प्रतिफलको रुपमा सामाजिक आर्थिक परिवर्तन र रुपान्तरणको अभियानमा हाम्रो संस्थागत नेतृत्व क्षमता र कार्य कौशलताको कसीमा हामीले आफूलाई आत्म समीक्षा र मूल्याङ्कन गर्दै भावीदिनमा हाम्रो योजना र कार्यक्रमको दिशामा वस्तुनिष्ठ, इमान्दार र ठण्डा दिमागले सोच्न र सोही अनुरुप कार्ययोजना निर्माण र नेतृत्व चयन गर्न समेत विनम्रता पूर्वक अपिल गर्न चाहन्छु ।
अन्तमा, यस संघको २५ औं वार्षिक साधारण सभा तथा नवौं अधिवेशनमा पाल्नु भएका सभाषद ज्यूहरु तथा सिंगो धादिङको आर्थिक सामाजिक रुपान्तरण अभियानका अभियन्ता मित्रहरु हामी सबै व्यवसायी साथीहरुको हकहितको संरक्षण र जिल्ला भित्र रोजगारीको अवसर सृजना गर्न सम्भव भएसम्मको अधिकतम् प्रयत्न र जिल्ला भित्रको कच्चा पदार्थमा आधारित औद्योगिक तथा व्यवसायिक सम्भावनाको सहजीकरण कृषि, पर्यटन, खनिज, जलस्रोत, जडिबुटी तथा मानव संसाधन समेतको उच्चतम् र अधिकतम् प्रयोग सहितको हाम्रो आर्थिक समुन्नतिको सपना साकारपार्न यस धादिङउ द्योग वाणिज्यको अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको छु ।
संघको संस्थागत विकास र सदस्यहरुको व्यवसायिक हकहित संवद्र्धनको साथै हामी सवैको समयसापेक्ष क्षमता विकासको महाअभियानमा आफूलाई समर्पित गर्ने प्रतिवद्धता व्यक्त गर्दछु । तपाईहरु सबैको साथ र सहयोग तथा मार्ग निर्देशनमा समर्पित हुने वाचा गर्दै यस निर्वाचनमा म र मैले नेतृत्व गरेको व्यवसायीहरुको समूहलाई यहाँहरुको अमुल्यमतप्रदानगरि सेवागर्ने सुअवसरप्रदानगर्नुहुनेछ भन्ने हार्दिक अपेक्षा सहिततपाई सम्पूर्ण परिश्रमकर्मी, पेशाकर्मी साथीहरुको म र मेरो समूहमा रहनु भएका साथीहरुको तर्फबाट हामी प्रतिको विश्वासलाई भरोशामा बदल्ने दृढ सङ्कल्प र अठोटका साथ अमुल्य मतदानको लागि सादर निवेदन गर्दछु ।
तपाईँ व्यवसायी साथीहरुले मलाई एक मत दिनुहोस्, मेरो नेतृत्वको संघले तपाईलाई आत्म सम्मान हुने सवल र सफल धादिङ उद्योग वाणिज्य संघ प्रदान गर्ने छ । धन्यवाद
विष्णुप्रसाद थपलिया
अध्यक्ष पदका उम्मेदवार
धदिङ उद्योग वाणिज्य संघ
