
धादिङबेसी पुस २५ । नीलकण्ठ नगरपालिकाका प्रमुख भिम प्रसाद ढुङ्गानाले यस आर्थिक वर्षमा सम्पन्न गर्ने गरि भ्यूटावर शिलान्यास गरेका छन् ।
एकै माेडेलका दुईवटा भ्यूटावर बनाउने याेजना अनुरुप नीलकण्ठ काफलपानीमा शिलान्यास पछि निर्माण कार्य अगाडि बढीसकेकाे छ, भने जुरेथुम डाँडामा बुधबार नगर प्रमुख ढुङ्गगानाले शिलान्यास गरे सँगै निमार्ण कार्य अगाडि बढेकाे हाे ।
बुधबार बिहानै भ्यूटावर उद्घाटन गर्न जुरेथुम पुगेका प्रमुख ढुङ्गानाले स्थानीयबासि सँग अन्तरक्रिया समेत गरेका थिए । शिलान्यास कार्यक्रममा बाेल्दै उनले आन्तरिक तथा वाह्य पर्यटकिय गन्तव्यकाे प्रचुर सम्भावना बाेकेकाे यश जुरेथुमबासिहरुले हाेम स्टे, कला संस्कृतिलाई प्राथमिकतामा राख्न जाेड दिएका थिए ।

जुरेथुममा ५ राेपनि जग्गा १० लाखमा खरिदगरि ४ ढलानकाे भ्यूटावर बनाउने कार्य अगाडि बढेकाे खुसियालीमा स्थानीयहरुले प्रमुख, उप प्रमुख, नगरपालिकाका कार्यकारी, नगरपालिकामा ईन्जिनियर लगायतलाई फुलमालाले अभिनन्दन गरेका थिए ।

प्याराग्लाइडिङ्काे लागि उत्तम मानियकाे यस जुरेथुम डाँडा र निगालपानीमा बन्दै गरेकाे भ्यूटावरकाे लागत मूल्य ३४/३४ लाख रहेकाे छ ।


