
धादिङ पुस २४ । धादिङ बेनिघाट रोराङ गाउँपालिका स्थित चरौदीको तुईनमा आवत जावत गर्न सहयोग गर्ने ८० बर्षिय शुक्रबहादुर चेपाङलाई नगद तथा जिन्सि सामान हस्तान्तरण गरिएको छ ।
विगत २० वर्ष देखि तुईन चालक शुक्रबहादुर चेपाङको हातका औलाहरु तुईनको कोक्रे तान्दा तान्दा बाङ्गो भैसकेको, आफन्तको नाममा भएको एउटा छोरो पनि अपाङ त्यसमा पनि छारे रोगले ग्रस्त भएको र उनी दिनभर तुई चलाएर राती खुल्ला आकाश मुनी बस्न बाध्य भन्ने समाचार विभिन्न मिडियाबाट सार्वजनिक भए सँगै उनलाई सहयोगहरु प्राप्त हुन थालेको हो ।
धादिङबेसी बीचबजार नीवासी कुमार अधिकारीले पनि अष्ट्रियामा रहेका नेपालीहरु सामु छलफल चलाए र आर्थिक संकलन गरेर पठाएको नगद ६९ हजार ३ सय ७१ रुपैया उनै शुक्र बहादुर चेपाङलाई मंगलबार हस्तान्तरण गरिएको छ ।
कुमार अधिकारीको पहलमा अष्ट्रियामा रहेका नेपालीहरुले गरेको उक्त सहयोग रकम कुमार अधिकारीको जिवनसंगिनी अनिता अधिकारी र दिदी गिता अधिकारी आफै चरौंदी पुगेर उक्त रकम हस्तान्तरण गरेका हुन् ।

उनलाई केहि दिन देखि जाडामा लाउने कपडा सिरक डसना दैनिक उपभोग्य सामाग्री लिएर भेट्न आउने गरेको देखिन्छ । हामीले उक्त सामाग्री वडा कार्यालयमा राखिदिने व्यवस्था मिलाएका छौ वडा सचिवले बताए ।
यस अघि पनि ३५ हजार नगद प्राप्तभएको पाईएको छ तर कस्ले त्यो रकम दियो स्वयम चेपाङले पनि नाम विर्सेको बताए । त्यो रकम २० हजार छोराले लग्यो, केहि पसलमा खाएको तिर्नु थियो तिरे केहि गोजी मै छ गोजीमा हात हाल्दै देखाए । अव प्राप्त भएको आर्थिक सहयोग वैंकमा राखेर दैनिक गुजारा चलाउँछु ।
मलाई समाचार बनाई दिनुहुने पत्रकार र सहयोगी सबैलाई धन्यावाद, हामी सँगको कुराकानीमा उनले बताए । अब नागरीकताको प्रतिलिपी बनाउन पाए भत्तापनि आउँथ्यो होला त्यस्को लागि के गर्नु पर्छ जिज्ञासा राखेका थिए ।

यो उनको जिज्ञासा समाधानका लागि वडा सचिवको ध्यानाकर्षण गरायौं वडाले सिफारिस गरि सकेको छ अब उनी जिल्ला प्रसासन जानुको विकल्प नरहेको बताए ।
जिल्लाका विभिन्न स्थानमा घुम्ती शिविर चलाएका प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्ड्येको ध्यान भने यी चेपाङ तर्फ गएको देखिँदैन ।
मिडियाले समाचार बनाए देश विदेशबाट सहयोग प्राप्त हुन थालि सक्यो प्रजिअ पाण्डेले चाहे भने वडा सँग समन्वय गरि उनलाई नागरीकता चरौदीमा पुगेर हस्तान्तरण गर्न सकिन्छ एक स्थानियले बताए ।
अष्ट्रियाबाट शुक्रबहादुर चेपाङलाई आर्थिक सहयोग गर्नेहरुको नामावली
सुलभ अधिकारी रु.३८३०.४१
कुमार बोहरा रु.२६८१.२९
प्रकाश कार्की रु.२५५३.६१
राजकुमार गुरुङ रु.२५५३.६१
देवन पाण्डे रु.२८०८.९७
ध्रुव पौडेल रु.२६८१.२९
पुमा गिता राई रु.२६८१.२९
प्रदिप ढुङ्गाना रु. २६८१.२९
कुमार अधिकारी रु.३१९२.०१
नेत्र श्रीया रु.२६८१.२९
मदन महर्जन रु.२५५३.६१
मनोज विष्ट रु.२६८१.२९
सुवास चौलागाई रु.१९१५.२१
दिपक बस्नेत रु.१९१५.२१
भवानी तिवारी रु.३१९२.०१
Bmng greg रु.२६८१.२९
आकाश घिमिरे रु.१४०४.४८
विकाश कार्की रु.२६८१.२९
जिवन कुँवर रु.२५५३.६१
Daivala Raviteja रु.२५५३.६१
अर्जुनलनाथ घिमिरे रु.२५५३.६१
दिक्षा थापा रु.३८३०.४१
शान्ट्रो थापा रु.२६८१.२९
लक्ष्मन भुजेल रु.२५५३.६१
नेपाली कान्छो रु.२६८१.२९
रमेशकुमार गुरुङ रु.२५५३.६१
दिनेश सेढाई रु.२५५३.६१
