धादिङका चर्चित गायक खेमजी राना १३ दिनदेखि भेन्टिलेटरमा

Avatar photo
Dhadingpost
पुस २२, २०७५

धादिङ पुस २२ । धादिङका चर्चित लोकदोहोरी गायक खेम जि राना टाउकोको समस्याका कारण बेहोस बने सँगै चितवन स्थित पुरानो मेडिकल कलेज अस्पताल राखिएको छ ।

धादिङ जिल्ला ज्वालामुखी स्थित खरीमा जन्मिएर नेपाली साँङ्गितिक क्षेत्रमा चर्चा कमाएका राना टाउको दुख्यो चक्कर लाग्यो भनेर बान्ता गरेपछि बेहोस भएका थिए । धादिङ अस्पतालले टाउकोको समस्या भएकोले अन्यत्र लान आग्रह गरे सँगै उनलाई चितवन स्थित पुरानो मेडिकल कलेज अस्पताल लगिएको थियो ।

चितवन स्थित पुरानो मेडिकलले टाउकाको अप्रेसन पनि गर्यो अप्रेसनको गरेको दास्रो दिन होसमा आएका राना पुनः वेहोस् भए । तेह्र दिन भयो इमरजेन्सीको भन्टिलेटरमा राखिएको तर होस खुल्न सकेको छैन रानाको जीवन संगीनीले धादिङपोष्टलाई बताईन् ।

राष्ट्रिय लोक तथा दोहोरी प्रतिस्ठान जिल्ला कार्य समिती धादिङको सदस्य खेमजी रानाको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै राज्इको गहना कलाकार बिमार परेर खर्चको अभावमा टड्पीनु परेको छ । राज्यले पैसाकै अभावमा खेमजी रानाको ज्यान जान दिन नहुने प्रतिस्ठान जिल्ला कार्य समिती धादिङ अध्यक्ष हिमाल घलेले बताए ।