
सिड्नी पुस २२ । धादिङ अष्ट्रेलिया समाजको अध्यक्षमा सविन थपलिया निर्वाचित भएका छन् ।
सिड्नीमा शनिबार सम्पन्न भएको समाजको साधारणसभाले थपलियाको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति गठन गरेको हो ।
नयाँ कार्यसमिति घोषणापछि अध्यक्ष थपलियाले आगामी दिनमा धादिङ जिल्ला र जिल्लावासीका लागि अष्ट्रेलियामा रहेका नेपालीलाई एकीकृत गरेर सामाजिक काममा अघि बड्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा निवर्तमान अध्यक्ष किरण अधिकारीले नयाँ नेतृत्वले समाजलाई नयाँ उचाइमा पु¥याउने विश्वास व्यक्त गरे । कार्यक्रममा प्रमुख अतिथि नेपाली समाजकी अगुवा इन्द्रा वन, प्रमुख अतिथि एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष नन्द गुरुङ, लिवरल फ्रेन्ड्स अफ नेपालका प्रमुख श्रीनापित लगायतले धादिङ अष्ट्रेलिया समाजले खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा अझै राम्रो काम गर्न शुभकामना दिएका थिए ।
साधारणसभाबाट समाजको उपाध्यक्षमा सुरेन्द्र नेपाल, सचिवमा राधिका बानिया र कोषाध्यक्षमा विश्व थपलिया रहेका छन् । त्यसैगरि, सदस्यहरुमा दिनेश कार्की, दीपा अधिकारी, सुनिता त्रिपाठी, इभा अधिकारी, प्रभातकिरण नेपाल, दीपक खनाल, रामचन्द्र शर्मा, कपिल सिंखडा, शरद दाहाल, सुमन परियार र अनुपजङ्ग बानिया रहेका छन् ।
समाजको सल्लाहकारहरुमा मुरारी लम्साल, सन्तोष पाण्डे, जनक पाण्डे, प्रतिक्षा पाण्डे, दयाराम सिँखडा, उदय लोहनी, अर्जुन केसी र हरि अधिकारी चयन भएका छन् ।
