धादिङका सुजन जनस्वास्थ्य संघ प्रदेश नं ३ को सह सचिवमा विजयी

Avatar photo
Dhadingpost
पुस २२, २०७५

धादिङ पुस २२ । नेपाल जनस्वास्थ्य संघ प्रदेश नं ३ को सह सचिव पदमा धादिङका स्वस्थ्यकर्मी सुजन श्रेष्ठ विजयी भएका छन् ।

नेपाली काँग्रेस निकट मानिएको पेशागत समुहबाट चुनावी मैदानमा उत्रिएका ज्वालामुखि गाउँपालिकाका स्वास्थ्य संयोजक सुजन श्रेष्ठले ११० मत ल्याई सह सचिव पदमा विजयी भएका हुन् ।

नेकपा निकटको प्रगतिशिल प्यानलबाट अध्यक्ष उपाध्यक्ष र २ सदस्य सहित ४ जना र नेपाली काँग्रेस निकट मानिएको पेशागत समुहबाट सचिव, सहसचिव र कोषाध्यक्ष र ४ सदस्य गरी ७ जना विजयी भएका छन् ।

जम्मा ११ सदस्यीय कार्य समिति रहेको जनस्वास्थ्य संघ प्रदेश नं ३ को निर्वाचित कार्यसमितिको मत परिणाम यस्तो छ ।

अध्यक्ष -सतिश विष्ट ११४ मत
उपाध्यक्ष -कुञ्जना पाण्डे ११४
सचिव -आशिष तिमल्सिना १२३ मत
सह-सचिव -सुजन श्रेष्ठले ११० मत
कोषाध्यक्ष -सुदीप आले मगर १३१ मत
सदस्यहरु
असिम सुवेदी १२३ मत
विवेक वल्ल १२३ मत
भुवन थापा ११९ मत
सुपेन्द्र कार्की ११८ मत
मेरिना महर्जन १२७ मत
रस्मिता न्यायायु १११ मत