नेपालमा अझै लोकतन्त्र संस्थागत हुन सकेको छैन -खनाल

Avatar photo
Dhadingpost
पुस २१, २०७५

धादिङ पुस २१ । नेपाल सरकारका पूर्व प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनालले नेपालमा लोकतन्त्र र संघीयता कार्यान्वयन संस्थागत हुन नसकेको बताएका छन् ।

लोकतन्त्र र संघीयताको बीऊ रोपिएको छ तर यसलाई संस्थागत गर्न नसकिएको धादिङबेसीबाट प्रसारणमा रहेको रेडियो धादिङको वार्षिक उत्सव तथा पञ्चेबाजा प्रतियोगितामा बताएका हुन् ।

लोकतन्त्र र संघीयता संस्थागत गर्न संचार क्षेत्रको महत्वपूर्ण भुमिका हुने समेत नेता खनालले बताएका छन् । वार्षिक उत्सवकै अवसरमा रेडियो धादिङको नवनिर्मित भवनको समेत खनालले भवन उद्घाटन गरेका थिए ।

रेडियो धादिङले जिल्लामा लोप हुदै गएको पञ्चैबाजालाई संरक्षण गर्ने उद्देश्यले जिल्ला स्तरिय खुल्ला पञ्चैबाचा प्रतियोगिताको आयोजना गरिएको थियो । पञ्चैबाजा प्रतियोगितामा जिल्लाभित्रका विभिन्न १९ वटा समूहले सहभागीता जनाएका छन् ।

पूर्व सांसद तथा गुरु बुर्लाकोटीको सभापतित्वमा भएको उक्त कार्यक्रममा पूर्वमन्त्री बुद्धिमान तामाङ, राजेन्द्र प्रसाद पाण्डे, नेकपा नेताहरु पुष्पविक्रम मल्ल, रामबहादुर भण्डारी, प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेय विभिन्न संघ संस्थाका प्रमुखहरुको आतिथ्यता रहेको थियो ।