कृष्ण रानामगर
धादिङ पुस २१ । नेपाल रेडक्रस सोसाइटी फुलखर्क उपशाखाको २६ औँ साधारणसभा सम्पन्न भएको छ ।
मण्डली मा वि गंगाजमुना ५ फूलखर्कमा संस्थाको सभापति यम बहादुर बानियाँको अध्यक्षतामा तथा गंगाजमुना गाउँपालिकाको अध्यक्ष बल बहादुर अधिकारीको प्रमूख आतिथ्यमा २६ औँ साधारणसभा सम्पन्न भएको हो ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धादिङका भूतपूर्व सभापति केशरीप्रसाद पन्त, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धादिङका मन्त्री कृष्णकुमार श्रेष्ठ, गंगाजमुना गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष रामचन्द्र अधिकारीको विशेष आतिथ्यता साथै यस उपशाखाकोे भूतपूर्व सभापतिहरु नवराज अधिकारी, हस्त बहादुर सिंखडा लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा संस्थाका २६ औँ साधारण सभाको अवसरमा संस्थालाई रु १ लाख दिइ आर्थिक सहयोग गर्ने श्रीराम अधिकारी, संस्था स्थापनाको लागि महत्त्वपूर्ण योगदान पुर्याउने यम बहादुर कार्की र स्वर्गीय पदम बहादुर के सी लाई मरणोपरान्त स धन्यवाद सम्मानपत्र प्रदान गरिएको छ ।
मानवीय सेवामा विभिन्न काम गर्दै आएको यस फुलखर्क उपशाखामा २०० जना भन्दा बढी आजीवन सदस्यहरु रहेका छन् ।
