धादिङमा प्रभु लाइफ इन्सोरेन्सको शाखा विस्तार

Avatar photo
Dhadingpost
पुस २०, २०७५

धादिङ पुस २० । प्रभु लाइफ इन्सोरेन्स कम्पनीले धादिङ शाखा संचालनमा ल्याएको छ । कम्पनीका कार्यकारी अधिकृत किशोर प्रसाद लामिछानेले धादिङबेसी स्थित बीचबजारमा धादिङ शाखाको समुद्घाटन गरेका हुन् ।

नेपालका विभिन्न शहरहरुमा शाखाहरु विस्तार गर्ने क्रममा प्रभु लाइफ इन्सोरेन्स कम्पनीले शुक्रबार धादिङबेसीमा ६२ औं शाखा संचालन आएको हो ।

शाखा कार्यालय उद्घाटन गर्दै लामिछानेले आम समुदायमा प्रभु लाइफ इन्सोरेन्स अतयन्त लोकप्रिय बन्दै गएको बताएका थिए । कार्यक्रममा जयराम ढुङ्गाना, अन्जु ढुङ्गाना, राधा कंडेल, मुक्तिकला लामिछाने लगायत लाई धादिङ शाखा संचालनमा आउनु पूर्व नै उत्कृस्त अभिकर्ता बन्न सफल भएको भन्दै कम्पनीका निर्देशक लामिछानेले सम्मान गरेका थिए ।

धादिङ शाखाका प्रमुख विष्णुप्रसाद ढुङ्गानाले संचालन गरेका उक्त कार्यक्रममा कम्पनिका कार्यकारी अधिकृत कार्यक्रममा कम्पनिका प्रमुख बजार अधिकृत प्रयास श्रेष्ठ, कम्पनिका प्रदेश ३ कार्यालयका प्रमुख योगेन्द्र खतिवडा लगायतको आतिथ्यता रहेको थियो ।