गाउँपालिलाई बालमैत्री बनाउने प्रतिवद्धता

Avatar photo
Dhadingpost
पुस १८, २०७५

धादिङ पुस १८ । धादिङको गल्छी गाउँपालिका अध्यक्ष कृष्णहरी श्रेष्ठले गाउँपालिकालाई बालमैत्री बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

गल्छी गाउँपालिका बैरेनीमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले मंगलबार आयोजना गरेको बालअधिकार क्षमता अभिवृद्धि कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष श्रेष्ठले उक्त प्रतिवद्धता व्यक्त गरेका हुन् ।

बालबालिका, महिलामाथी हिंसाका घटना बढेकोले यसलाई नियन्त्रण गर्नका लागि गाउँपालिकाले विषेश कार्यक्रम लागु गर्ने समेत प्रतिवद्धता जनाएका थिए ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष राधा तिमल्सीनाले बालिकाहरु बढी असुरक्षित रहेको, सामाजिक संजालका कारण यौन हिंसा र बालविवाहका घटनामा वृद्धि भएकोले इन्सेक संग साझेदारीमा बालअधिकार सम्बन्धी कार्यक्रम संचालन गर्ने बताएकी थिईन् ।

कार्यक्रम मानवअिधकार निगरानी समूहका अध्यक्ष रामहरी थापाको अध्यक्षतमा सम्पन्न समारोहमा बालबालिकाको बचाउ, संरक्षण, विकास र सहभागिताका लागि जोड दिइएको थियो । दुई दिन संचालन हुने क्षमता अभिवृद्धि कार्यक्रममा ४ विद्यालयका २० बालबालिकाहरुको सहभागिता रहेको छ । तस्वीरः सीताराम अधिकारी