
धादिङ पुस १६ । नेपाली साहित्यको क्षेत्रमा काम गर्दै आएको शब्द रहर साहित्य अभियानको नियमित ४४ औं श्रृङखला आयोजना भएको छ ।
हेटौंडालाई कर्म थलो बनाएर युबा पुस्ताका लोकप्रिय शसक्त कवि निमेष निखिलको आधा दर्जन कबिता वाचन सहित राजधानि स्थित ग्रामीण आदर्श क्याम्पस नेपाल टारमा श्रृङखला आयोजना सम्पन्न भएको हो ।
कार्यक्रममा अतिथी कवि निखिल सहित स्रस्टाहरु डा. सत्यराज थपलिया, प्रकाश बस्नेत गफाडी, केशब पुडासैनी बिमल, मुक्तान थेवे, सरोनर, रसुवाली कवि, धरणिधर गुरागाइ, गिता पुडासैनी, राजेन्द्र घिमिरे, उत्तम बिचार लगायत झन्डै तीन दर्जन सर्जकहरुले रचना बाचन गरेका थिए ।
अभियानका एक अभियन्ता माधब घिमिरेले उपस्थित सम्पुर्ण साहित्यानुरागिहरुलाई स्वागत गरेका थिए । सस्थाको सल्लाहकार बरिस्ठ साहित्यकार श्रीहरि फुयालले आफ्नो कबिता सङै अतिथी कविलाई मायाको चिनो हस्तान्तरण गरेका थिए ।
अतिथी कवि निखिल लगायतका सर्जकका सिर्जनाले तताएको पुसको बिहानीको माहोललाइ हास्यकलाकार तथा हिडे पुगिन्छ, का लेखक राजन सिम्खडाको सिर्जनात्मक अभिब्यक्तिले थप रौनक थपेको थियो । प्रत्येक महिनाको दोस्रो शनिबार हुने उक्त कार्यक्रमको यो श्रृङखलाको सहजिकरण अभियानका अर्का अभियन्ता जीत अधिकारीले गरेका थिए ।

