
कृष्ण राना मगर
धादिङ फुलखर्क पौष १५ । फूलखर्क कल्याणकारी समाजको पाचौं साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ ।
काठमाडौंको ठमेलमा शनिबार एक कार्यक्रमका बीच भव्यरुपमा सम्पन्न भएको सभाले श्री बासुदेव नेपालको अध्यक्षमा ७ सदस्य नयाँ कार्यसमिति सर्वसम्मतरुपमा चयन गरेको छ ।
जसको उपाध्यक्षमा मञ्जु खत्री अधिकारी, सचिवमा संगम अधिकारी, कोषाध्यक्षमा राजेन्द्र अधिकारी तथा सदस्यहरुमा कविता नेपाल, रामगोपाल अधिकारी र किसान अधिकारी निर्वाचित भएका छन् ।
संस्थाका अध्यक्ष कुमार वहादुर अधिकारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा गंगाजमूना गाउँपालिकाका अध्यक्ष बलवहादुर अधिकारीले उद्घाटन गरेका थिए ।
