मण्डली स्तरिय फुटसल सिंगिल एभेजनरले जित्यो

Avatar photo
Dhadingpost
पुस ९, २०७५

धादिङ पौष ९ । ईसाई धर्मावलम्बीहरुको महान पर्व ख्रिष्टमसको अवसरमा धादिङबेसीमा अन्तर चर्च स्तरिय फुटसल प्रतियोगिता म्पन्न भएको छ ।

चर्चहरुको छाता संगठन ईसाई समाज धादिङ र हिम्स नेपालको संयुक्त आयोजनामा भएको फुटसल प्रतियोगितामा सिंगिल एभेजनर मण्डली बी प्रथम, विजय चर्च द्वितिय, सिंगिल एभेजनर मण्डली ए तृतिय र पिशोन प्राथना संगति सान्तोना भएका थिए ।

ईसाईहरुको ख्रिष्टमस २०१८ पर्व एवम् नयाँ वर्षको उपलक्ष्यमा धादिङको एकमात्र फुटसल एकेडेमीमा भएको उक्त प्रतियोगितामा पुरस्कृत हुने टिमलाई क्रमशः नगद ७ हजार, ५ हजार र ३५ सय शिल्ड मेडल प्रमाण पत्र प्रदान गरिएको इसाई समाज धादिङका अध्यक्ष लेकबहादुर तामाङले बताए ।