ख्रिष्टमसको अवसर रक्तदान

Avatar photo
Dhadingpost
पुस ९, २०७५

धादिङ पौष ९ । ईसाई धर्मावलम्बीहरुको महान पर्व ख्रिष्टमसको अवसरमा धादिङबेसीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
धादिङबेसी स्थानीय चर्चले आयोजना गरेको रक्तदान कार्यक्रममा ५१ जनाले रक्तदान गरे थिए ।

ईसाईहरुको ख्रिष्टमस २०१८ पर्व एवम् नयाँ वर्षको उपलक्ष्यमा धादिङमा यो इसाई धर्मावलम्बीहरुले आयोजना गरेको रक्तदान जिल्ला मै पहिलो पटक भएको बताईएको छ ।

रक्तदान तथा शुभकामना कार्यक्रममा नेकपा धादिङका नेता रामबहादुर भण्डारीले आन्दोलनका रुपमा स्थापित धर्म निरपेक्षताले गर्दा आज सबै धर्महरु समान रहकोले देश भर ख्रिष्टमस उल्लास छाएको बताएका थिए ।

धादिङबेसी स्थनीय मंडली र मिशन हार्डवेयर स्टील कम्पनीको सयुक्त आयोजना भएको उक्त कार्यक्रममा नयाँ शक्तिका नेता नन्दप्रसाद काप्री, सिद्धलेक गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवाल लगायतको आतिथ्यता रहेको थियो ।