धादिङ पौष ८ । जिल्ला स्थित घरेलु तथा साना उद्योग विकास समिति धादिङले लघु, घरेलु तथा साना उद्योगीहरुलाई ८० प्रतिशत छुटमा एक लाख बराबरको सामाग्री अनुदान दिने भएको छ ।
विगतका वर्षहरुमा जस्तै यस आर्थिक वर्ष ०७५/०७६ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार लघु, घरेलु तथा साना उद्यमीहरुलाई जिल्ला स्तरमा प्रविधि हस्तान्तरण कार्यक्रम हुन लागेको प्रमुख केदार कुमार खड्काले बताए ।
कार्यालय प्रमुख खड्काका अनुसार उद्यमीहरुलाई जिल्ला स्तरमा प्रविधि हस्तान्तरण कार्यक्रम अन्तर्गत बढिमा रु १,००,०००। (अक्षररु पिएक लाख रुपैया मात्र) सम्मको मेशिन औजार ८० प्रतिशत छुट मुल्यमा हस्तान्तरण गरिने हुँदा इच्छुक उद्यमीहरुले पौष मसान्त सम्म निवेदन दिई सक्नु पर्नेछ ।
अनुदान लिनको उद्यमीहरुले निम्न कागाजात सहित निवेदन दिन घरेलु तथा साना उद्योग विकास समिति धादिङले सुचना जारी गरेको छ ।
१. उद्यमीको नागरिकताको प्रतिलिपि
२. उद्योग दर्ता\नविकरण प्रमाणपत्रको प्रतिलिपि
३. पानदर्ता प्रमाणपत्रको प्रतिलिपि
४. करचुक्ता प्रमाण पत्रको प्रतिलिपि
५. उद्योगको व्यवसायिक योजना(स्किम)
६. अनुभवतथातालिमका प्रमाण पत्रहरुको प्रतिलिपि ।
