मेशिन औजार छुट मुल्यमा हस्तान्तरण गर्ने सम्बन्धि सुचना

Avatar photo
Dhadingpost
पुस ८, २०७५

उद्यमीहरुका लागि मेशिन औजार छुट मुल्यमा हस्तान्तरण गर्ने सम्बन्धि सुचना
प्रथम पटक प्रकाशितमितिः २०७५/०९/०१

घरेलु तथा साना उद्योग विकास समिति धादिङको चालु आ.व ०७५-०७६ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार लघु, घरेलु तथा साना उद्यमीहरुलाई जिल्ला स्तरमा प्रविधि हस्तान्तरण कार्यक्रम अन्तर्गत बढिमा रु १,००,०००। (अक्षररुपि एक लाख रुपैया मात्र) सम्मको मेशिन औजार ८० प्रतिशत छुट मुल्यमा हस्तान्तरण गरिने हुँदा इच्छुक उद्यमीहरुले यो सुचना प्रथम पटक प्रकाशित भएको मितिले ३० दिन भित्र अनिवार्य रुपमा तपशिलमा उल्लेखित कागजात सहित यस कार्यालयबाट प्राप्त हुने निवेदन फारम भरी निवेदन दस्तुर वापतको रु १००। (अक्षररुपि एक सयमात्र) यस कार्यालयमा बुझाएको रसिद संलग्न राखी निवेदन दिनु हुन अनुरोध छ । साथै म्याद नाघि आएको र रित नपुगेको निवेदनलाई उपरोक्त कार्यक्रममा समावेश नगरिने व्यहोरा समेत जानकारी गराउँदै यस सम्बन्धि थप जानकरी चाहिएमा यस कार्यालयको फोन.नं ०१०–५२०१७७ माकार्यालय समयमा सम्पर्क राख्नु हुन समेत यो सुचना प्रकाशित गरिएको छ ।

तपशिल
१.उद्यमीको नागरिकताको प्रतिलिपि
२. उद्योग दर्ता/नविकरण प्रमाणपत्रको प्रतिलिपि
३. पानदर्ता प्रमाणपत्रको प्रतिलिपि
४. करचुक्ता प्रमाण पत्रको प्रतिलिपि
५. उद्योगको व्यवसायिक योजना (स्किम)
६. अनुभवतथातालिमका प्रमाण पत्रहरुको प्रतिलिपि ।

प्रस्ताव मुल्यांकनका आधारहरुः
तालिमलिई संचालन गरेकाउद्योग व्यवसायहरु, उद्योग दर्ताको अवधि, फर्मले प्रयोग गर्ने कच्चापदार्थ, जनशक्ति, उद्योगको दिगोपना, उद्योगको स्वामित्व, उत्पादित बस्तुको स्थानीय उपभोगको आधार र भौगोलिक क्षेत्र

नोट.
१. प्रविधि हस्तान्तरण गरिने उद्यमीको छनौट लघु, घरेलु तथा साना उद्योगी प्रविधि हस्तान्तरण कार्यविधि
बमोजिमहुनेछ ।
२. प्रविधि हस्तान्तरण कार्यक्रमयस जिल्लाको उद्यमीको माग र आवश्यकता बमोजिम हुनेछ ।
३. विगत आ.व मा प्रविधि प्राप्त गरिसकेका उद्यमीहरुलाई यस कायक्रममा समावेश गरिने छैन ।