धादिङ पौष ८ । ईसाई धर्मावलम्बीहरुको महान पर्व ख्रिष्टमसको अवसरमा धादिङबेसी स्थानीय चर्चले रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
ईसाईहरुको ख्रिष्टमस २०१८ पर्व एवम् नयाँ वर्षको अवसरमा धादिङबेसी स्थानीय चर्चले धादिङबेसी स्थित आफ्नै आफिसमा सोमबार बिहान ८ बजे रक्तदान कार्यक्रम आयोजना गरेको हो ।
चर्चका सुवास बसेलका भन्छन्, ख्रिष्टमस शुभकामना आदान प्रदान साथमा रक्तदान कार्यक्रम आयोजना गरेका छौ । रक्तदान जीवन दान हो हामी विभिन्न जातजाति भाषा भाषी, विभिन्न धर्म मान्ने मानिसहरुको माला हाम्रो समाजमा सबैको धर्म र आस्थालाई सम्मान गर्दछौ तसर्थ ख्रिष्टमसको अवसरमका हुने उक्त रक्तदान कार्यक्रमा सहभागी भई रक्त संकलनलाई सहयोग गरौं ।
