घले राजाको भग्नावशेष दरवार हेर्न विद्यार्थीको शैक्षिक भ्रमण

Avatar photo
Dhadingpost
पुस ८, २०७५

धादिङ खनियावास पौष ८ । खनियावास गाउँपालिका वडा नं ३ बृचेत माविमा कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरू र शिक्षकहरू आफ्नै स्थानीय भुगोलमा रहेको ऐतिहासिक घले दरबार अवलोकन भ्रमण गरेका छन् ।

पाठ्यक्रममा उल्लेख भए बमोजिम ऐतिहासिक महत्वको स्थानहरूबारे स्थलगत अवलोकन भ्रमण आयोजना अन्तरगत पूरानो घले राजाको भग्नावशेष दरवार गोम्बोङजोङ भ्रमण गरिएको बृचेत माविका शिक्षक अर्जुनबहादुरले बताए ।

खनियावास गापा वडा नं ५ मा पर्ने पूरानो घले राजाको भग्नावशेष दरवार गोम्बोङजोङ, मोति गुफा र बोनडोङडोङका ऐतिहासिक पक्षहरू समेटिएको गुफा आफ्नै गाउँपालिकामा छ पहिला आफ्नै गाउँपालिका चिन्न र बुझाउन विद्यार्थीहरुलाई अवलोकन भ्रमणमा लगिएको समेत उनले बताए ।

यस प्रकारको अवलोकन भ्रमणले ज्ञानको क्षितिज फराकिलो हुने शिक्षक तथा विद्यार्थीहरूको राय थियो । शनिबारको भ्रमण फलदायी भयो’ कक्षा ९ का विद्यार्थी लुकास तामाङले बताए । ‘नयाॅ-नयाॅ ठाऊमा जान पाए परियोजना कार्यमा सघाउ पुग्ने रहेछ’ छात्रा रेश्मा तामाङले बताईन् ।
उक्त भ्रमणमा ४६ जना विद्यार्थी ५ शिक्षक र २ अभिभावक सामेल थिए, संचारकर्मी गोफाल फ्युवा तामाङले धादिङपोष्टलाई बताए ।